पत्याउनु हुन्छ ! नयाँ शक्तिको शक्ति प्रदर्शनमा ट्राफिक जाम नहुने

जेष्ठ २४, २०७३ मा प्रकाशित | 1229 views

पत्याउनु हुन्छ ! नयाँ शक्तिको शक्ति प्रदर्शनमा ट्राफिक जाम नहुने

२४ जेठ,काठमाडौं ।  नयाँ शक्ति नेपालले ३० गतेको रंगशालाको पार्टी घोषणा राष्ट्रिय भेलामा ट्राफिक जाम नहुनेगरी र्‍याली व्यवस्थापन गर्ने जनाएको छ । सोमबार पार्टी कार्यालय बबरमहलमा बसेको राजधानीमा उपलब्ध केन्द्रीय परिषद सदस्यहरुको बैठकले जेठ ३० गतेको पार्टी घोषणाको दिन सहभागी हुने पचासौं हजार सहभागीहरुलाई व्यवस्थित गर्नेबारे छलफल गरेको हो ।

‘जनशक्ति प्रदर्शन गर्ने नाउँमा हजारौं जनतालाई दुःख दिने गरी ट्राफिक नै अस्तव्यस्त बनाउने पुरानो प्रचलनलाई फेर्ने तयारीमा छौं,’ जनपरिचालन उपसमिति संयोजक गंगा श्रेष्ठले भन्नुभयो, ‘हाम्रा झाँकी हुन्छन्, र्‍याली हुन्छन्, तर ट्राफिक जाम नहुनेगरी व्यवस्थापन गर्ने तयारी गरिरहेका छौं ।’

बैठकमा घोषणा सभापछिको फोहोर व्यवस्थापन, व्यवस्थित कार्यक्रम, मञ्च व्यवस्थापनलगायतका विषयमा कुराकानी भएको श्रेष्ठले जानकारी दिनुभयो ।  बैठकमा पार्टी घोषणा राष्ट्रिय भेला आम जनता र कार्यकर्ताको उत्सवको रुपमा आयोजना गर्न लागिएको भन्दै सोही अनुसार तयारी गर्न नयाँ शक्ति नेपालका संयोजक डा।बाबुराम भट्टराईले निर्देशन दिनुभयो । ‘यसलाई इतिहासमा पनि सम्झनलायक भेला बनाऔं, गम्भीरतापूर्वक काममा जुटौं,’ भट्टराईले निर्देशन दिँदै भन्नुभयो ।

‘फोहोर नगर्ने कुरा, सफा गर्ने कुरा, ट्राफिक जाम नगर्ने कुरा साना कुरा हुन्,’ संयोजक भट्टराईले भन्नुभयो, ‘तर सानातिना कुरा पनि महत्वपूर्ण हुन्छ र यसबाट नै इतिहास निर्माण सुरुवात हुन्छ ।’ उहाँले नयाँ शक्तिको गतिविधि युगान्तकारी र गेम चेन्जर होस् भन्ने जनचाहना रहेको भन्दै सानातिना कुरादेखि संसारलाई विचार दिनेसम्मको महान काम नयाँ शक्तिले गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web