भक्तपुरमा ३४ मतदान स्थल संवेदनशिल, दुईहजार बढी सुरक्षाकर्मी परिचालन

मंसिर १५, २०७४ मा प्रकाशित | 1082 views

भक्तपुर ।

भक्तपुर जिल्लाका ३४ वटा मतदान स्थल सुरक्षाका दृष्टिले संवेदनशील रहेका छन् । जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भक्तपुरका ७८ मतदानस्थलमध्ये ३४ वटा मतदान स्थल संवेदनशील रहेको जानकारी दिनुभयो ।

बाँकी ४४ मतदानस्थल सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।
सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालयले मतदान केन्द्रहरुको स्थलगत अध्ययन अवलोकनपछि शान्ति सुरक्षा, राजनीतिक दलहरुको प्रभाव एवं मतदान केन्द्र र मतदाताको दूरीको आधारमा संवेदनशील र सामान्य मतदानस्थल छुट्याइएको उहाँको भनाई थियो ।

भयरहित एवं सुरक्षित ढंगले निर्वाचन गर्न केन्द्रीय सुरक्षा योजनाअनुसार भक्तपुरमा पनि सुरक्षाकर्मीहरु परिचालन गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । भक्तपुरमा एक हजारभन्दा बढी जनपद प्रहरी र सातसय ३६ म्यादी प्रहरी, ३०० भन्दा शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेना गरि २००० भन्दा बढी सुरक्षाकर्मी तैनाथ हुनेछन् ।

प्रजिअ पोखरेलले निर्वाचनका लागि २ हजार भन्दा बढी सुरक्षाकर्मी आजैदेखि मतदान स्थलमा तैनाथ भईसकेको बताउनुभयो ।
भक्तपुरका ७८ मतदानस्थलमा २०९ मतदान केन्द्र रहेका छन् । एउटा मतदानस्थलमा दुइटादेखि पाँच वटासम्म मतदान केन्द्र रहेका छन् ।

एउटा मतदान केन्द्रमा बढीमा एक हजार जना मतदाताले मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले जानकारी दिनुभयो । भौगोलिक अवस्था एवं मतदाता र मतदान केन्द्रको दूरी बढी भएका र साँघुरो ठाउँमा कम्तीमा पाँचसय मतदाताको लागि एक मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web