चिट चोर काण्डले विवादित एमबीबीएस परीक्षा रद्द हुने, त्रिवि पदाधिकारीलाई चोख्याउँदै

कार्तिक ३०, २०७४ मा प्रकाशित | 1408 views

काठमाडौं ।

चिट चोरेर एमबीबीएस परिक्षा उत्तिर्ण हुनेगरेको काण्ड सार्वजनिक भएपछि विवादीत बनेका उपकुलपति तीर्थ खनियाले नै चिकित्साशास्त्र अध्ययन संस्थान ‘आईओएम’का पदाधिकारीको संलग्नता नरहेको बताएका छन् ।

बिहीवार त्रिवि कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले परीक्षामा चलखेल भएको बताउँदै पुनः परीक्षाको लागि आइओएमलाई निर्देशन दिएको समेत जानकारी दिए । 'एमबीबीएस परीक्षामा धाँधली भएको प्रष्ट हो तर यसमा आईओएमका पदाधिकारीलाई अनावश्यक रुपमा मुछिनु गलत हो' उनले भने ।

लामो समयसम्म परीक्षाबारे त्रिविको बैधानिक निर्णय सार्वजनिक नहुँदा आईओएममाथि नै विद्यार्थीहरु खनिएका थिए । एक महिना वितिसक्दा पनि त्रिविले परीक्षाका विषयमा वैधानिक निर्णय सार्वजनिक नगर्नुले चिट चोरी काण्डमा आईओएमका पदाधिकारीहरु नै संलग्न रहेको हुनसक्ने विद्यार्थी संगठनहरुले आरोप लगाएका थिए ।

गत असोज २८ गते भएको एमबीबीएस परीक्षामा आधुनिक डिभाइसको प्रयोग गरी चिट चोरी भएको सार्वजनिक भएपछि उक्त परीक्षा विवादित बनेको थियो । चिट चोरी प्रकरणमा दोषी देखिएको भन्दै  १७ जनाको विरुद्धमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

परीक्षामा म्याग्नेटिक डिभाइसबाट चिट चोराएको पाइएपछि रोकिएको परीक्षामाथी नेपाल मेडिकल काउन्सिल, प्रहरी र त्रिविद्धारा गठित सिमितिले छुट्टा छुट्टै छानविन गरेका थिए । तीन वटै छानविन प्रतिवेदनले उक्त परीक्षमा प्रश्न पत्र बाहिरिएको, म्याग्नेटिक डिभाइसबाट चिट चोराएको र त्यस्तो कार्य गैरकानुनी भएको ठहर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web