काठमाडौं ।

सर्वोच्च अदालतले आफ्ना ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आज पूर्ण इजलासबाट पहिल्यै नै रिटको निर्णय भएर अन्तिम भइसकेकाले निवेदन दर्ता गर्न नमिल्ने भनेर फैसला गरेको सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले जानकारी दिनुभयो ।

उहाँले यसअघि उक्त मुद्दाको निर्णय पुनरावलोकन नहुने गरी समेत अदालतबाट निर्णय भइसकेकाले फेरि पनि निवेदन दर्ता गर्नु आवश्यक नरहेको उल्लेख गर्नुभयो ।

सर्बोच्चको फैसलामा एकपटक निरुपण भइसकेर अन्तिम भइसकेको मुद्दाको बिषयलाई उठान गरी फेरि सुनुवाइ गर्न नमिल्ने भएकाले निवेदन दर्ता गर्न आवश्यक छैन’ भनिएको छ ।

25.12¡ÆC