नुवाकोटका अनन्तरामले ८० घण्टा ४ मिनेट प्रवचन दिएर भारतीयको विश्व रेकर्ड तोडे (फोटो फिचर)

अशोज २२, २०७४ मा प्रकाशित | 1699 views

रामहरी न्यौपाने-बिदुर ।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. १ तलाखुका ४५ वर्षका अनन्तराम केसीले सबैभन्दा लामो समय प्रवचन दिएर विश्व रेकर्ड कायम गर्ने निश्चित भएको छ ।

काठमाडौंको टेक्सास इन्टरनेशनल कलेज चाबहिलमा असोज १९ गते बिहान पाच बजेदेखि सुरु भएको भाषण हिजो अपरान्ह ३ बजेर ४ मिनेटसम्म दिएर प्रवचन दिएर विश्व रेकर्ड कायम गराएको प्रमाणपत्र प्राप्तीको प्रक्रिया सुरु भएको छ ।

८० घण्टा चार मिनेटसम्म निरन्तरत भाषण अर्थात प्रवचन दिदै विश्वमै सबैभन्दा लामो समय भाषण गर्ने व्यक्तिको नामको रुपमा नुवाकोट तलाखुका केसीले नयाँ रेकर्ड कायम गराउन सक्षम हुनुभएको हो ।

योग तथा आध्यामिक साधक, उत्प्रेरक वक्ता तथा मेमोरी मास्टरको रुपमा चिनिनुभएका केसीले मेमोरि एण्ड माइन्ट पावर टेनिङ्ग सेन्टरबाट लामो समयसम्म भाषण गर्ने व्यक्तिको रुपमा विश्व किर्तिमान राख्न र गिनिज बुकमा अफ दि रेकर्डमा नाम लेखाउन आवश्यक समय अर्थात यअसघिको रेकर्ड भन्दा धेरै समय आफ्नो प्रस्तुती दिनुभएको हो ।

यसअघि भारतका अश्विन सुडानीले लामो समयसम्म भाषण गर्ने व्यक्तिको रुपमा ७५ घण्टा ३२ मिनेटको रेकर्ड बनाएकाले त्यसलाई समेत तोड्दै विश्वमै नयाँ रेकर्ड बनाउने व्यक्तिको रुपमा  नेपालको नाम अब उहाँले दर्ता गराउनको लागी प्रक्रिया अघि बढेको छ ।

विश्व किर्तिमान कायम गराउन केसीले सुरु गर्नुभएको अभियान चार दिन, तीन रात अर्थात साढे तीन दिन चलेको थियो । असोज १९ गते बिहान ५ बजेबाट सुरु भएको प्रचवन हिजो मध्यान्ह ८० घण्टा ४ मिनेट पुगेपछि अन्त्य गरिएको हो ।

उहाको भाषणमा आध्यात्मिक विषय अन्तर्गत महाभारतका कथाहरु, जीवनदर्शन, नेपालको वर्तमान अबस्था, धर्म र जीवन, लायन्स क्लबको सेवा लगायतमा केन्द्रीत रहेको थियो ।

यसअघिको विभिन्न समयको प्रवचनमा ६३ घण्टासम्म निरन्तर आफ्नो प्रस्तुती देखाउनुभएका उहाँले ८४ घण्टाको लक्ष्य राखेपनि अहिले ८० घण्टा चार मिनेटको मात्र भएकाले यसलाई अझ बढाएर एक सय घण्टासम्म पुर्याउने चाहना रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web