काठमाडौं ।

आईजीपी नियुक्ती गरेर अवकास हुने बेला हुन लागिसक्दा समेत मुद्दाको सुनुवाई अनेक कारण सर्दै आएको डीआईजी नवराज सिलवालको मुद्दामा विहीबार अन्तिम सुनुवाई हुने भएको छ ।

सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा सुनुवाई तोकिएको जनाएको छ ।

बृहत पूर्ण इजलासमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी छन् ।

लामो समयदेखि हेर्दा हेर्दैमा रहेको नवराज सिलवालका मुद्दामा दुवै पक्षका अधिवक्ताहरुको बहस सकिएको छ । यसअघि नेपाल सरकार र आईजीपी प्रकाश अर्याल तर्फका अधिवक्ताहरुको बहस गरेका थिए ।

विहीबार रीट निवेदक डीआईजी नवराज सिलवाल वकिलहरु शम्भु थापा,टीकाराम भट्टराई लगायलते प्रत्युत्तर दिएपछि सुनुवाइ सकिनेछ ।

आफूभन्दा कनिष्ठलाई आईजीपी बनाउने सरकारको रोलक्रम मिच्ने काम बिरुद्ध सिलवालको मुद्दा दायर गरेका हुन् ।

15.47¡ÆC