काठमाडौं ।

सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसीर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को आज बसेको बैठकले प्रदेश प्रमुख र प्रदेशको राजधानी तोक्ने विषयमा भने राजनीतिक छलफल गरेर टुंग्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद् बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गर्न संवैधानिक परिषदमा सिफारिश गर्ने र पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन– डिपिआरको कार्य द्रुत गतिमा अघि बढाउने निर्णय गरेको छ ।

यसैगरी बैठकले सचिवहरु कृष्णराज देवकोटालाई आपूर्ति मन्त्रालय, शम्भु कोईरालालाई भूमिसुधार तथा व्यवस्था मन्त्रालय, कृष्णराज विसीलाई खानेपानी तथा सरसफाई मन्त्रालय र महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा सरुवा गरेको छ ।

एसियाली विकास बैंकबाट भन्सार क्षेत्रको सुधार तथा आधूनिकीकरणका लागि १५ अर्ब ४८ करोड रुपैयाँ ऋण अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको सञ्चारमन्त्री बस्नेतले जानकारी दिनुभयो ।

प्रदेश र केन्द्रको निर्वाचनका लागि आचार संहिता लागू

काठमाडौं ।

निर्वाचन आयोगले यही २०७४ मंसीरमा हुने केन्द्र र प्रदेशको निर्वाचनका लागि आजदेखि लागू हुने गरी निर्वाचन आचार संहिता जारी गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले निर्वाचनका लागि स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आचार संहिता २०७२ लागू गर्ने निर्णय गरेको आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका आयुक्त सुधीरकुमार शाहले जानकारी दिनुभयो ।

आज जारी भएको निर्वाचन आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, स्थानीय निकाय तह, त्यसका कर्मचारी, सार्वजनिक संस्थानका कार्यालयल र कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र ती निकायका सुरक्षाकर्मीहरु, निर्वाचन काममा संलग्न कर्मचारी र सार्वजनिक पद धारण गरेको व्यक्तिलाई लागू हुनेछ ।

उम्मेदवारको हकमा भने निर्वाचनका लागि मनोनयन दर्ता भएको मितिबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

15.47¡ÆC