मेलम्ची अझै अनिश्चित, ठेक्का तोड्ने तयारी

भदौ १२, २०७४ मा प्रकाशित | 722 views

<p>काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटीएफसँगको ठेक्का रद्द गर्ने भएको छ । ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्ने तयारी थालिएको हो ।</p><p>जेआईटीएफले महांकाल–चुच्चेपाटी, चाबहिल–महाराजगञ्ज हुँदै बाँसबारीसम्म मुख्य पाइपलाइन र दुईवटा रिजभ्र्वायर ट्यांकी बनाउने ठेक्का पाएको थियो ।विदेशी परामर्शदाता दोहा इन्जिनियरिङ कन्सल्ट्यान्टले जेआईटीएफको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्न सिफारिस गरेको निर्देशनालयका एक अधिकारीले बताए । ‘ठेक्का अनुसार काम नभएको भन्दै कन्सल्ट्यान्टले सम्झौता रद्द गर्न सिफारिस गरेको छ,’ ती अधिकारीले भने, ‘निर्देशनालयले तत्कालै रद्द गर्छ कि गर्दैन त्यो अहिले नै भन्न सकिँदैन ।’ खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले निर्धारित समयमा काम नगरेकाले ठेकेदार कम्पनीलाई चेतावनी दिइएको बताए । आजको नागरिक दैनिकमा खबर छ ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web