भारतले पानी निकास गराउन अटेरी गरे गण्डक नहर भत्कादिने चेतावनी

भदौ १, २०७४ मा प्रकाशित | 1143 views

परासी ।

भारतले गण्डक बाँधको पानी निकासा गर्न अटेरी गरेपछि नवलपरासी सुस्ताका नागरिकहरु एकजुट भएर भारतलाई बाँध भत्काइदिने चेतावनी दिएका छन् ।

सुस्ता गाउँपालिका– २ का स्थानीयहरुले डुबानमा परेको गाउँको पानी निकास नभए गण्डक नहर भत्काई दिने चेतावनी दिएका हुन् ।

स्थानीय राईपुरा खोलाका कारण सुस्ता गाउँपालिकाका रुपौलिया, छिवनी र सत्पत्ती गाउँ डुबानमा परेको भन्दै तत्काल पानी निकास गर्न माग गर्दै स्थानीयहरु आक्रोशित भएका हुन् ।

पानीका कारण सयौं बिगाहामा लगाइएको बालीनाली डुबानमा परेको भन्दै स्थानीयहरुले भारततर्फ लगिएको गण्डक पश्चिमी नहरमा पानी निकास गर्न माग गरेका छन् । पानीको निकास गण्डक नहर मात्र रहेको छ। निकासका लागि पहल नभए आफूहरुले गण्डक नहर भत्काएर भएपनि गाउँको पानी बाहिर निकाल्ने चेतावनी उनीहरुले दिएका छन्।

स्थानीयहरुले डुबान क्षेत्रबाट कुलो बनाएर नहरतर्फ पानी लैजान माग गरेका छन्। नहर भत्काउने चेतावनी दिएपछि भारत बिहार प्रदेश बाल्मिकी नगर सिंचाई विभाग, नवलपरासीस्थित सिंचाई डिभिजन कार्यालय सेमरीका इन्जिनियर, स्थानीयवासीसहित सुरक्षाकर्मीहरुको उपस्थितिमा बिहिबार बैठक बेसर तीन दिनभित्र समस्या समाधान गर्न भारतीय पक्ष सहमत भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए ।

भारतीय पक्षले डुबानका कारण भएको क्षतिपुर्ति उपलव्ध गराउने, नहर सफा गर्ने र नहरको पानीलाई अण्डरग्राउण्ड गरेर लैजाने सहमति भएको उनले बताए ।

तत्काल उक्त सहमति भएपनि दिर्घकालिन समस्या समाधानका लागि दुई देशको उच्च तहबाटै पहल गर्नुपर्ने भएकाले त्यसबारे नेपाल सरकारलाई जानकारी दिइने प्रजिअ रानामगरले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web