प्रधानमन्त्रीसँग चिनियाँ उपप्रधानमन्त्रीको शिष्टाचार भेट

साउन ३२, २०७४ मा प्रकाशित | 815 views

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवासमा बालुवाटारमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र पारस्परिक सहयोग विस्तारबारे छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिनुभयो ।

प्रधानमन्त्री र चिनियाँ उपप्रधानमन्त्रीबीच व्यापार, पर्यटन, भौतिक पूर्वाधार निर्माण, सीमापार सम्पर्क विस्तार तथा दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई थप मजबुत बनाउने छलफल भएको सल्लाहकार भट्टराईले  बताउनुभयो ।

हिजो भएका तीन वटा सम्झौताले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत मिलेको बताउँदै दुवै नेताले सन्तुष्टि व्यक्त गर्नुभएको भट्टराईले बताउनुभयो ।

उक्त भेटमा प्रधानमन्त्री देउवालाई उपप्रधानमन्त्री वाङले चीन भ्रमणका निम्ति आमन्त्रण गर्नुभएको र प्रधानमन्त्री देउवाले राष्ट्रपति सी जिनपिङ्गलाई नेपाल भ्रमणका लागि पुनः अनुरोध गर्नुभएको सल्लाहकार भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web