बाढी पहिरोमा परि सयौंको निधन खवरले डाँको छाडेर रुँदै डा.केसीले अनसन तोडे (भिडियो सहित)

साउन ३१, २०७४ मा प्रकाशित | 1990 views

काठमाडौं ।

स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै २३ दिनदेखि आमरण अनशनमा रहेका सामाजिक अभियन्ता डा. गोविन्द केसीले अनसन तोडेका छन् ।

देशभर बाढी पहिरोले सयौं जनाको ज्यान गएको जानकारी पाएपछि डाँको छाडेर रुँदै केसीले अनसन तोडेका हुन् ।

बिगतमा भूकम्प, रोगको महामारी लगायतका स्थानमा आफ्नै खर्चमा सेवा गर्न खट्ने गरेका केसीले देशभर बाढी पहिरोमा परेर सय बढीको ज्यान गएको खबर पाएपछि डाँको छाडेर रुँदै देश समस्यामा रहेको भन्दै अनसन तोडेका हुन् ।

माथेमा प्रतिवेदनको भावनाअनुसारको विधेयक संसद्बाट पारित नभएसम्म कुनै पनि हालतमा अनशन नतोड्ने प्रतिवद्धता व्यक्त गरेपनि बाढी पहिरोको समस्यका कारण केसीले अनसन तोडेका हुन् ।

मंगलबार बेलुका त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै केसीले सत्याग्रह स्थगित गरेको जानकारी गराएका हुन् ।

“देशभर आइलागेको बाढीजन्य प्राकृतिक विपत्तिबाट म आहत भएको छु । धेरै परिवारहरुले आफ्ना सदस्य गुमाएका छन् भने धेरैको वास र रोजीरोटीसमेत गुमेको छ । साथै बाढी कम भएपछि समेत आइलाग्ने महामारीजन्य प्रकोपको व्यवस्थापन गर्ने चुनौती हामीसामु छ । यस्तो संकटको बेला हामी स बैको जिम्मेवारी पीडामा परेका मानिसहरुलाई सहयोग गर्नु हुन जान्छ । त्यसैले विपत्तिमा सबै पक्षको ध्यान केन्द्रित हुन बाधा नपुगोस् भनेर मैले सत्याग्रहको कार्यक्रम अहिलेलाई स्थगित गर्ने निर्णय गरेको छु,” केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले विज्ञप्तिमा कुनै पनि बेला बदमासी गर्न खोजे सत्याग्रह पुनः सुरु गर्ने बताएका छन् ।

डा. केसीले विधेयकमा केही परिमार्जन गरी संसदबाट तत्काल पास गर्नुपर्ने, आइओएममा लामो समय देखी रिक्त साहायक डिन तत्काल नियुक्त गरिनुपर्ने चिकित्सा शिक्षा क्षेत्रमा भएका भ्रष्टाचार लगायतका कुरालाई न्यायीक छानविन गरिनुपर्ने लगायतका माग यो अनशनका क्रममा अघि सारेका थिए ।  उनका माग सम्बोधन गर्न सरकार र उनी पक्षीय वार्ता टोलीले पटक पटक छलफल गरेपनि कुनै औपचारिक सम्झौता भएको छैन ।

विशेषगरी नेकपा एमालेका केही संसदहरुको लगानी  रहेको मनमोहन मेडिकल कलेज लगायत आशयपत्र लेटर अफ इन्टेण्ड पाइसकेका मेडिकल कलेजलाई सम्बन्धन दिन रोक्न हुने या नहुने कुरामा राजनीतिक दलहरुनै विभाजीत छन् ।

संसदको महिला बालबालीका, मानवअधिकार तथा समाजकल्याण समितिमा चिकित्सा शिक्षा ऐनको मस्यौदामाथप मेडिकल कलेजलाई उपत्यकामा सम्बन्धन दिने नदीने, आशय पत्र लिइसकेकाहरुको हकमा के गर्ने लगायत विषय अझै टुंगो लाग्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web