चिनियाँ उपप्रधानमन्त्री र उपप्रधानमन्त्री महराद्धारा बसन्तपुर नौतले दरबार पुर्ननिर्माणको शिलान्यास

साउन ३१, २०७४ मा प्रकाशित | 1200 views

काठमाडौं ।

नेपाल भ्रमणमा रहनु भएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले आज वसन्तपुर दरबार क्षेत्रस्थित भूकम्पबाट क्षतिग्रस्त नौतले दरबार पुनर्निर्माणको संयुक्त शिलान्यास गर्नु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल तथा नेपालका लागि चिनियाँ राजदूत यु होङलगायतको उपस्थितमा एक कार्यक्रममा विच उपप्रधान मन्त्री महार र चिनियाँ उपप्रधानमन्त्री याङले संयुक्त शिलान्यास गर्नु भएको हो ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार नौतले दरबार शतप्रतिशत चिनियाँ सहयोगमा पुनर्निर्माण हुन लागेको जानकारी गराउँदै नौतले दरबार लाई पुरानै संरचनामा बनाइने लक्ष्य रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web