रेड हट सुरविना…

साउन २८, २०७४ मा प्रकाशित | 2304 views

उसो त नायिका सुरविना कार्कीको चलचित्र करिअर खासै गतिलो चलेको छैन । ‘झेली’ डेब्यू नायिकाले मुम्बइ पुगेर बलिउडका चर्चित कलाकार अनुप खेरको स्टूडियोबाट अभिनयको ३ महिने कोर्स पनि पुरा गरिन् । अनुपम खेरसँग अभिनय सिकेपछि करिअरमा नै उतारचढाव आउने सोच उनको थियो ।

तर, नेपाल आएको केही महिना भैसक्दा पनि उनको करिअरमा कुनै गती आएको छैन ।

सोमबार काठमाण्डौमा आयोजित एक अवार्ड समारोहमा पुगेकी नायिकाले एउटा राम्रो चलचित्रमा काम गर्ने इच्छा व्यक्त गरिन् । राम्रो चलचित्रको अफर गर्ने निर्देशकको प्रतिक्षामा उनी देखिएकी छिन् । आफूले सोचेजस्तो चलचित्रमा काम गर्न नपाएपछि धेरै नायिकाले आफै चलचित्र निर्माण गरिरहेका छन् ।

सुरविनाको दिमागमा पनि एउटा राम्रो चलचित्र बनाउने सोच पलाउन थालेको छ ।

रातो गाउनमा कार्यक्रममा पुगेकी उनले आफू फिट रहन दैनिक जीम पनि गैरहेको बताइन् । तौल घटाएकी सुरविनाको करिअर भने बढ्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web