काठमाडौं ।

३० अर्ब बढी कर छली गरि भ्रष्टाचार गरेको प्रमाण सहितका खवर बाहिर आइरहँदा सर्वोच्च अदालतले अभियुक्त चूडामणि शर्मालाई छाड्न आदेश दिएको छ ।

राज्य ढुकुटीको अरबौं कर छली गरेको प्रमाण सहितका विवरणहरु सार्वजनिक भएपनि सर्वोच्चले भने राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न विवादास्पद आदेश दिएको छ ।

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलाशले यस्तो आदेश दिएको हो ।

शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको जिकिर गर्दैै गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाई गर्दै सर्वोच्चले आज उनलाई थुनामुक्त गर्न आदेश सुनाएको हो ।

शर्मा थुनामुक्त भएपनि उनीमाथिको सुनुवाइ भने जारी रहने बताइएको छ । कर फर्छ्योट आयोगमार्फत गैरकानूनी रुपमा कर मिनाहा दिएको प्रमाण सहित गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको थियो ।

आयोगले शर्मासहित कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का सदस्य उमेशप्रसाद ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँको माग दावी गर्दै साउन १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर ढकालर महत भने अझै फरार छन् ।

साउन ४ गते पूर्ण इजलाशमा पठाएको सर्वोच्चले शर्मालाई साउन १७ गते अख्तियारबाट न्यायीक हिरासतमा राख्न आदेश दिएको थियो ।

सर्वसाधारण र न्यायको पर्खाइमा परेको प्रहरी महानिरिक्षक मुद्दालाई हेर्न नभ्याएको भन्दै ४ महिनादेखी सार्दै आएको अदालतले हतारमा शर्माको मुद्दा हेरेर छाड्न आदेश दिएको भन्दै अदालतको यस्तो निर्णयको देशभर व्यापक बिरोध सुरु भएको छ ।

15.25¡ÆC