<p>काठमाडौं । ‘फेशन शो’को स्टेजमा झिलिमिलि बत्तीदेखि तर्सिने २९ वर्षीया चिनियाँ मोडेल लिउ वेन संसारमै सबैभन्दा धेरै पारिश्रमिक लिने मोडेल बनेकी बनेकी छन् ।
फोर्ब्स म्यागजिनका अनुसार गत वर्ष उनले ७ मिलियन अमेरिकी डलर (करिव ७२ करोड रुपैयाँ)मा एकवर्षको लागि अनुवन्ध भएपछि अहिले लिउ संसारमै सबैभन्दा धेरै पारिश्रमिक लिने मोडेल बनेकी हुन् ।
सानै उमेरमा अग्लि कदकी भएकीले नै उनको परिवारले मोडलिङ गर्न प्रेरित गरेका थिए । </p><p><br></p><p>लिउले पहिलोपटक मोडलिङ क्याम्पमै धेरै अग्लि भएकै कारण कन्टेस्ट जितेकी थिइन् ।
सन् १९८८ जनवरी २७ मा दक्षिण चीनको हुनान प्रान्तको पहाडी क्षेत्रमा जन्मिएकी लिउ ५ फिट १० इन्चकी छिन् ।
उनले बेइजिंग आएपछि मोडलिङ क्षेत्रमा केहि नबुझेकोले धेरै समस्याहरुसंग जुध्नुपरेको र आफु मानसिक समस्याको शिकार भएको बताइन् । उनले भनेकी छन्, ‘जब म फेशन शोको स्टेजमा पुग्थेँ, झिलिमिलि बत्तीका प्रकाशले तर्साउने र आत्मविश्वास गुम्ने समस्या आउँथ्यो ।’</p>
18.41¡ÆC