डा. केसीको अवस्था अत्यन्त गम्भिर, केसीले सबैको सहयोग माग्दै भने ‘आफ्नो कर्तव्य छाड्दिन’

साउन २६, २०७४ मा प्रकाशित | 813 views

काठमाडौं ।

स्वास्थ्य क्षेत्र सुधारको काग सहित १८ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको अवस्था अत्यन्त गम्भिर अवस्थामा पुगेको छ ।

चिकित्सा शिक्षा विधेयक माथेमा प्रतिवेदनका छुटेका बुँदाहरु समेटेर अघि नबढाएसम्म कुनै पनि हालतमा अनशन नतोड्ने बताउँदै आएका केसीको अवस्था गम्भिर अवस्थामा पुगेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

सत्याग्रहको १८ दिन पुग्दासम्म सरकारका तर्फबाट केही घण्टामा पूरा गर्न सकिने मागहरु पूरा नगरिएपछि केसीले आफ्ना सार्वजनिक हितका मागमा पुन स्मरण गराउँदै प्रतिवद्धता दाहोर्याएका हुन् ।

“यसैबीच जनताबाट चुनिएका र जनताले नै तिरेको करबाट तलब सुविधा लिने सांसदहरुले तीन करोड नेपाली र लाखौं विद्यार्थीको हितविपरीत आफ्नो संकीर्ण व्यापारिक स्वार्थ अनुरुप चिकित्सा शिक्षा ऐनलाई पारित गर्न कोशिस गरिरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “ऐनलाई जनतामुखी र विद्यार्थीमुखी बनाउन माथेमा प्रतिवेदनका छुटेका बुँदाहरु तथा हामीले दिएका सुझावसमेत समेटेर विधेयक अघि नबढाइएसम्म हामीलाई त्यो कुनै पनि हालतमा मान्य नहुने जानकारी गराउँछु ।”

विज्ञप्तिमा उनले आफूहरुको अभियान कहिल्यै कुनै पनि व्यक्ति वा पार्टीप्रति लक्षित नभएको पनि स्पष्ट पारेका छन् ।

यस्तो छ केसीले जारी गरेको विज्ञप्तिः

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु

आज हाम्रो सत्याग्रहको १८ दिन पुग्दा समेत सरकारका तर्फबाट केही घण्टामा पूरा गर्न सकिने मागहरु पूरा नगरिएको कुरा यहाँहरुलाई स्मरण गराउन चाहन्छु ।

साथै, यसैबीच जनताबाट चुनिएका र जनताले नै तिरेको करबाट तलब सुविधा लिने सांसदहरुले तीन करोड नेपाली र लाखौं विद्यार्थीको हितविपरीत आफ्नो संकीर्ण व्यापारिक स्वार्थ अनुरुप चिकित्सा शिक्षा ऐनलाई पारित गर्न कोशिस गरिरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ऐनलाई जनतामुखी र विद्यार्थीमुखी बनाउन माथेमा प्रतिवेदनका छुटेका बुँदाहरु तथा हामीले दिएका सुझावसमेत समेटेर विधेयक अघि नबढाइएसम्म हामीलाई त्यो कुनै पनि हालतमा मान्य नहुने जानकारी गराउँछु ।

स्मरण रहोस्, हाम्रो अभियान कहिल्यै पनि कुनै व्यक्ति वा पार्टी विशेषप्रति लक्षित छैन । कुनै पनि दलका दिवंगत राजनेताहरुका नाममा संस्था खोल्दा सेवाको ध्येय राखेर राज्यले खोल्नुपर्छ र कुनै पनि खालको व्यापारमा उनीहरुको नाम जोडिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । साथै विगतमा हामीसित गरिएका सम्झौताहरु अक्षरशः कार्यान्वयन गर्नु पनि राज्यको दायित्व बन्छ ।

साथै, आम नागरिकको स्वस्थ भएर बाँच्न पाउने अधिकार र आम विद्यार्थीहरुको चाहेको विषयमा गुणस्तरीय शिक्षा लिन पाउने अधिकारका लागि चलिरहेको हाम्रो अभियान जारी रहने र सही रुपमा चिकित्सा शिक्षा नआउन्जेल मेरो सत्याग्रह जारी रहने पनि जानकारी गराउँछु । राजनीतिज्ञहरुले निरन्तर गैर–जिम्मेवारीपन, भ्रष्टता र माफिया–प्रेम देखाए पनि हामीले नागरिकका रुपमा आफ्नो कर्तव्य छाड्न नहुने भएकाले बुद्धिजीवी र सञ्चार माध्यमहरु लगायत समाजका सबै तह र तप्काले यो अभियानमा अहिलेजस्तै निरन्तर योगदान पुर्याइरहनुहुनेछ भन्ने मेरो विश्वास छ ।

डा गोविन्द केसी

त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज

२०७३।४।२६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web