फोक्सोको क्यान्सर भ्रम र यथार्थ

पत्रपत्रिका र फेसबुकतिर ‘प्रशोधित मासुले क्यान्सर’ भन्ने समाचारले निकै चर्चा पाउँदछ। मासुलाई विशेष मसला हालेर धुँवामा राखेर बनाइने सुँगुरको मासुलाई बेकन् भनिँदो रहेछ। यसले आन्›ाको क्यान्सर हुने सम्भावना १८ प्रतिशतले बढाउँदो रहेछ। यो जोखिमलाई यसरी बुझौँः

सयजना बेकन् नखाने मान्छेमध्ये पाँचजनालाई हुने आन्द्राको क्यान्सर, बेकन् खाने हो भने छजनालाई हुन सक्छ। तर एउटा अर्को जोखिम छ, हामीमाझ। जसले फोक्सोको क्यान्सरको सम्भावना २५ गुणाले बढाउँछ, त्यो जोखिम हो, चुरोट।

एकजना चुरोट नखाने मान्छेलाई फोक्सोको क्यान्सर हुँदै गर्दा २५जना चुरोट खानेलाई फोक्सोको क्यान्सर भइसकेको हुन्छ।

के हो फोक्सोको क्यान्सर हाम्रो शरीरमा छातीभित्र दुईवटा फोक्सो हुन्छन् जसको काम हावा शरीरभित्र तान्ने, अक्सिजन भित्र लिने र अरू हावा बाहिर फाल्ने हो। जीवनको लागि नभई नहुने अक्सिजन शरीरभित्र पुर्‍याउने फोक्सो पनि नभई नहुने अंग हो।

फोक्सोको क्यान्सरमा फोक्सो बनाउने कोषहरू अप्राकृतिकरुपमा संख्यात्मकरुपमा बढ्न थाल्छन् र केही समयमै ऐजरूजस्तै पलाउन थाल्छ। त्यसपछि फोक्सोले आफ्नो काम गर्न सक्दैन र त्यो क्यान्सर नजिकैका गिर्खामा र अंगहरूमा फैलिन थाल्छ।

लक्षणहरू

खोकी लाग्नु ः लामो समयदेखि सुक्खा अथवा खकार आउने खोकी लाग्नु प्रमुख लक्षण हो। नियमित चुरोट खाने मान्छेले यसै पनि हल्का खोक्नाले यो लक्षण छुट्ने सम्भावना बढी हुन्छ।

खकारमा रगत देखिनुः खकारमा रगत वा रगतका छिटा देखिने मुख्य कारण क्षयरोग हो। त्यसपछि क्यान्सर हो। क्षयरोग त सजिलै निको हुन्छ। क्यान्सर निको पार्न गाह्रो हुन्छ।

दम बढ्नुः बिरामीलाई सास फेर्न गाह्रो हुनु र केही सामान्य काम गर्दा पनि स्वाँ स्वाँ हुनु।

तौल घट्नुः क्यान्सरका बिरामीहरूको तौल घट्न सक्छ। कसैको असामान्यरुपमा तौल घटिरहेको छ भने तुरुन्त अस्पताल जानु पर्छ।

छाती दुख्नुः छातीमा केही अप्ठ्यारो भएजस्तो वा दुखेको छ भने पनि डाक्टरी जाँच गराउन जरुरी हुन्छ।

छातीको संक्रमणः लामो समयदेखि निमोनिया भनेर उपचार गराइरहेका वा क्षयरोगको उपचार सुरु गरेर पनि निको नभएका बिरामीहरूमा फोक्सोको क्यान्सर देखिने गरेको छ।

अन्य लक्षण ः स्वर भासिनु, घाँटीमा गिर्खा आउनु, असामान्यरुपमा टाउको दुख्नु, बान्ता हुनु आदि निकै अघि बढेको रोगका लक्षण हुन्।

पत्ता लगाउने तरीका

फोक्सोको क्यान्सर पत्ता लगाउन विशेषज्ञ डाक्टरलाई भेट्न जरुरी छ। क्यान्सर रोग विशेषज्ञ अथवा छाती रोग विशेषज्ञलाई भेटेर आफ्ना समस्या भन्नुभयो भने धेरै कुरा थाहा लाग्न सक्छ। डाक्टरसँग कुराकानीपछि डाक्टरले केही जाँच गर्नुहुनेछ। सिटिस्क्यान, ब्रोङकोस्कोपी, बायोप्सीलगायत केही जाँच गरेर क्यान्सर प्रमाणित गरिन्छ र उपचार सुरु हुन्छ।

उपचार

आकारमा सानो, वरिपरि नफैलिएको फोक्सोको क्यान्सरको उपचार अपरेसन हो। तर यस्तो प्रारम्भिक अवस्थामा फोक्सोको क्यान्सर धेरै भेट्टिदैनन्। धेरै जसो फोक्सोको क्यान्सर उपचार खोज्ने बेलासम्म केही मात्रामा फैलिएरै आएका हुन्छन्। यस्तो बेला बिभिन्न कुरा हेरेर निर्णय गरिन्छ। सामान्यतः रेडियोथेरापी र किमोथेरापीको प्रयोगले उपचार गरिन्छ।

उपचारको सफलता

फोक्सोको क्यान्सरमा सफल उपचार भनेको रोग हराउनु र कहिल्यै फर्केर नआउनु हो। तर धेरैजसो बिरामीहरूमा ‘सफल उपचार’ हुन सक्दैन। विज्ञानले धेरैवटा क्यान्सरमा सफलता पाउने क्रममा छ, तर फोक्सोको क्यान्सरमा धेरै फरक ल्याउन सकिएको छैन। त्यसैले फोक्सोको क्यान्सर नै नलागोस्, उपचारमा जानै नपरोस् भनेर विचार गर्न जरुरी छ।

कसरी बच्ने?

यसको उत्तर सरल छ– चुरोट नखाने! चुरोट छोड्न गाह्रो हुन्छ भने कुनै साइकोलोजिस्टलाई भेट्न सकिन्छ।

अरु के गर्न सकिन्छ?

चुरोट सुरु गर्ने उमेर भनेको कलेज पढ्ने बेला हो भनेर विभिन्न अध्ययनहरूले देखाएका छन्। त्यसैले पाठ्यक्रममा यो कुरालाई विशेष प्राथमिकता दिन जरुरी छ। स्कुलदेखि नै चुरोट खानु नराम्रो हो भनेर बुझाउन सकियो भने कलेजमा गएर चुरोट सुरु गर्नेको संख्या कम हुन्छ।

(क्यान्सर रोग विशेषज्ञ अधिकारी ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, काठमाडौंमा कार्यरनत छन्।)

प्रतिक्रिया

TOP