मन्त्रिपरिषद निर्णय-११ डिआईजी एआईजिमा बढुवा देखी ५१ अर्ब ३८ करोड अमेरिकी सहयोग स्वीकार

साउन १९, २०७४ मा प्रकाशित | 745 views

काठमाडौं ।

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले बाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

केही दिनअघि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा वाग्ले यसअघि दुई पटक आयोगको सदस्य हुनुभएको थियो ।

बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दिनुभएको जानकारी अनुसार नेपाल प्रहरीका ११ डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी०मा बढुवा पनि गरेको छ ।

बढुवा सिफारिस समितिको सिफारिस अनुसार डीआईजीहरुको बढुवा गरेको हो । बढुवा सिफारिसविरुद्ध परेको उजुरी पुनरावलोकन समितिले खारेज गरेपछि बढुवाको बाटो खुलेको थियो ।

एआईजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्यक्ष, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन् ।

बैठकले अमेरिकी सरकारी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’बाट सडक यातायात र विद्युत् प्रशारणसम्बन्धी कार्यका लागि प्राप्त हुने रु ५१ अर्ब ३८ करोड सहायता रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web