प्रेमगीत २ : मनमस्तिष्कलाई हैन आँखालाई शीतल

साउन १९, २०७४ मा प्रकाशित | 843 views

काठकमण्डौ ।

‘प्रेमको पुनस् परिभाषा’ भनिएकोले ‘प्रेमगीत २’ आम लभस्टोरी फिल्मभन्दा पृथक हुन सक्ने अनुमान रिलिजअगावै गरिएको थियो। निर्देशक रामशरण पाठकले पनि फिल्ममा अन्तरदेशीय राष्ट्रप्रेमलाई समेटिएको छनक दिएर थप आत्मविश्वास दिलाएका थिए। गत शुक्रबारदेखि प्रदर्शनमा आएपछि भने फिल्मले न त प्रेमको नयाँ परिभाषा कोरेको छ, न साविककै मान्यतामा दरिलो गरी अडिन सकेको छ।

फिल्मको मियोको रूपमा रहेकी गीत ९अश्लेषा० म्यान्मारकी भए पनि थाइल्यान्डमा काकाको घरमा बसेर पढदै छे। जब गोर्खालीको वीरताको कथा सुन्छे, उसमा नेपाल घुम्ने रहर भूत सवार हुन्छ। हजुरआमालगायत परिवारसँगै घुम्न जाने पहल सफल नभएपछि गीत एक्लै नेपाल ओर्लन्छे। नेपाल घुमाउने साथीका रूपमा उसले प्रेम ९प्रदीप० लाई पाउँछे। दुईजना पोखरा, लुम्बिनी र मुगुको रारा, मुर्मा गाउँसम्मको घुमाइमा नै फिल्मको पहिलो भागले बिट मार्छ। मध्यान्तरपछि फिल्मले विषय प्रवेश त गर्छ तर फितलो रूपमा।

काठमाण्डौ ।  थाइल्यान्ड फर्किने बेला गीतलाई बिदाइ गर्न नपाएको प्रेम मायामा तडपिएर उतै लाग्छ। तर परिस्थिति भने घटनाअनुकूल बन्न सकेको छैन। देशको सीमा काटेको प्रेमसम्बन्धले त्यसअनुरूप कँसिलो गाँठो भने पारेको छैन।

सुरुमा बिनाकुनै आकर्षण बाध्यतामा गीतलाई साथ लिएर हिँडेको प्रेम कुन बेला त्यस्तो घनघोर प्रेममा पर्‍योरु जब कि दुईबीच साथी बन्ने तहमा मात्रै संवाद भएका छन्। सँगै फोटो खिच्ने बेला प्रेमले थोरै मायाको महसुस गरेको दृश्यमा देखिन्छ तर त्यसपछि त्यसले निरन्तरता पाएको छैन।

साथीभाइले गीतले खुबै माया गर्ने सुनाएकै भरमा प्रेम दंगदास पर्दै पछि लाग्नु सतही लाग्छ। ‘सके गीतकै लागि बाँच्छु, नसके गीतकै लागि मर्छु’ जस्ता संवाद सुन्दा जति वजनदार लाग्छ, दृश्य र प्लटले त्यसको औचित्य पुष्टि गर्न सकेको देखिँदैन। यदि प्रेम र गीतबीच गहिरो प्रेमको जग बसाउन सकेको भए फिल्मको दोस्रो भागमा सृजित प्लटलाई टेवा पुग्ने थियो।

त्यसैगरी, गीतको जासुसीमा नेपालसम्म मान्छे खटाउनेदेखि गीतको पछि लागेकोमा प्रेमको ज्यान लिन तम्सिने अंगद ९सन्तोष० को अधिकार क्षेत्र प्रस्टिँदैन। न उसले गीतलाई प्रेम गरेको छ न त बलियो नाता सम्बन्ध नै। फगत आफूले पाएको चोटको बदला जोकोहीमाथि उठाउन खोज्नु कति जायज लाग्लारु

पटकथाले परिस्थितिअनुकूल गहिराइ छुन नसके पनि फिल्मको मेकिङ माथिल्लो स्तरको छ। छायांकन, लोकेसन, मेकअप, भेषभूषादेखि प्रोपर्टी भ्यालु उच्च छ। गीत संगीतले फिल्मको फ्लोलाई बढाउन मद्दत गरेको छ।

पृष्ठभूमि संगीतले भने फिल्मको मुडलाई सही ढंगले क्याप्चर गर्न सकेको छैन। फिल्ममा छायांकार पुरुषोत्तम प्रधान हाबी छन्। कतिपय दृश्यमा त उनको क्यामेराले पात्रलाई नभई प्राकृतिक दृश्यलाई बढी पछयाइरहेका छन्। स्थलग घटना क्रमलाई कथामा नउनिँदा बरु दृश्यका लागि मात्र पात्रलाई कुदाइएको भान पर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web