भरतपुर १९को पुनः मतदानको मौन अवधि शुरु

साउन १८, २०७४ मा प्रकाशित | 1000 views

चिवतन ।

चितवनको भरतपुर महनगरपालिका वडा नम्बर १९ मा आजदेखि मौन अबधी शुरु भएको छ ।

यही साउन २० गते शुक्रबार पुनःनिर्वाचनको मिति तोकिएपछि आजदेखिनै मौन अबधी शुरु भएको चितवनका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

भरतपुर १९ को मतदानका लागि आवश्यक जनशक्ति समेत आजै पठाईने उहाँको भनाई छ ।

भरतपुर वडा नम्बर १९ मा तीनवटा मतदान स्थलमा ६ वटा मतदान केन्द्र रहेको छ । जेठ १४ गते राती मतपत्र च्यातिएपछि विवादित बनेको भरतपुर १९ को विषयमा सर्वाेच्च अदालतले शनिवार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएको थियो ।

त्यसविरुद्ध परेको मुद्धामा सर्वाेच्चले निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि चुनावी प्रक्रिया शुरु भएको हो । यसअघि भरतपुर १९ को बदर मतपत्र भने मंगलबार नै जलाईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web