३० अर्ब बढी भ्रष्टाचारका ‘मुख्य नाईके’ शर्मालाई हिरासतमा राख्न आदेश

साउन १७, २०७४ मा प्रकाशित | 1027 views

काठमाडौं ।

सर्वोच्च अदालतले मुद्धा यथास्थितिमा रहेको र लामो समय भैसकेको अवस्थामा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई न्यायिक हिरासतमा राख्न निर्देशन दिएको छ ।

कर फर्छ्यौट आयोगमार्फत कर मिनाहा दिइएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहनु भएका शर्मालाई प्रहरीे हिरासतमा राख्न सर्वोच्चले आज आदेश दिएको हो ।

न्यायधीशहरू केदारप्रसाद चालिसे, दिपकराज जोशी, शारदाप्रसाद घिमिरे, दिपक कुमार कार्की, र अनिलकुमार सिन्हाको पूर्ण इजलासले शर्मालाई  न्यायिक हिरासतमा राख्न निर्देशन दिएको सर्वोच्च अदालतका सहरजिष्ट्रार एवं प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनु भयो ।

प्रवक्ता उपाध्यायले मुद्धाको किनारा नलागेसम्म शर्मालाई प्रहरी हिरासतमा राख्न भनिएको बताउनु भयो ।

राजश्व हिनामिनाको आरोपमा अख्तियारले शर्मालाई गत जेठ १९ गते पक्राउ गरेको थियो ।

अटेरीलाई छुट, भ्याटमा लुट । देशको टुकुटीमाथि अर्बौंको लुट, यस्तो छ कर फर्छ्योट आयोगको कर्तुत

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web