मोडल केकीसँग गायक रामकृष्णको आँखा जुधेपछि

साउन १६, २०७४ मा प्रकाशित | 1861 views

नायिका तथा मोडल केकी अधिकारी र गायक रामकृष्ण ढकालले यस अगाडि एउटा म्यूजिक भिडियोमा काम गरेका थिए । ‘पहाडको छुकछुके रेल’ बोलको गीतमा यी दुइले काम गरेका थिए ।

केकीसँग काम गर्ने रामकृष्णको चाहना उस्तै थियो । यसैले, उनले साउन २१ गते सार्वजनिक हुने ‘आँखा जुधाइ’ बोलको गीतको भिडियोमा पनि केकी अधिकारीलाई नै काम गराउने निर्णय गरे । केकी नेपाल बाहिर रहेकाले पनि उनले केही समय केकीका लागि नै पर्खिए ।

दुइले एकसाथ काम गर्ने अवसर आज मात्र मिलेको छ । वुढानिलकण्ठको पार्क भिलेजमा रामकृष्ण केकीको ‘आखाँ’को बयान गर्दै थिए । गीतकार इन्जिनियर महेन्द्र पराजुलीको शब्दमा कोरिएका यी गीत रामकृष्णलाई केकीलाई नै हेरेर लेखिएको जस्तो लाग्छ । हरि लम्सालको संगीतमा तयार भएको यो गीतमा रामकृष्णले स्वर भरेका छन् ।

गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरिरहेका थिए । अर्जुन तिवारीको छायांकन रहेको भिडियो गीत अनुसार स्तरिय बनेको निकेशले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web