ललितपुर।ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद कम्प्लेक्समा आज आयोजित विशेष समारोहमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महराले प्रतियोगिताको उद्घाटन गरे ।
<span style="font-size: 16.185px; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">प्रतियोगितामा सहभागि सबै ३० देशका खेलाडीहरुले उद्घाटन समारोहमा मार्च पास गरेका थिए । <span style="color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif; font-size: 16.185px;">यसैगरी, विभिन्न सांस्कृतीक प्रस्तुती तथा झाँकी समेत प्रदर्शन गरिएको थियो ।
<span style="font-size: 16.185px; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">प्रतियोगितामा पुरुषतर्फ १ सय ४८ तथा महिलातर्फ ९३ गरी कूल २ सय ४१ खेलाडीले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्दैछन् । एशियाली भारत्तोलन महासंघको कार्यक्रमअनुसार नेपाल भारत्तोलन संघले आयोजना गरेको प्रतियोगितामा नेपालका १३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । <span style="color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif; font-size: 16.185px;">एक सातासम्म चल्ने प्रतियोगिताका प्रतिस्पर्धात्मक खेलहरु भोलिदेखि मात्रै हुनेछन् ।
26.12¡ÆC