फेरि लियो खाल्टोले एक बालिकाको ज्यान

साउन ८, २०७४ मा प्रकाशित | 1459 views

<p>दार्चुला- शैल्यशिखर नगरपालीका–१ बलाचमा चमेलिया जलविद्युत्त आयोजनाले खनेको खाल्डोमा परी एक बालिकाको ज्यान गएको छ । &nbsp;चमेलिया जलबिद्युत आयोजनाको निमार्ण कार्य गरिरहेको चाइना गेजुवा पावर अफ कम्पनीले आयोजनाका लागि आवश्यक ढुंगा, गिट्टी निकालेर बनेको खाल्डोमा डुबेर &nbsp;बलाचका हर्कबहादुर खडायतकी १० वर्षीया छोरी अनीशा खडायत ज्यान गएको &nbsp;हो । &nbsp;<br></p><p>बजार जाँदैगर्दा आयोजनाले खनेको खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । &nbsp;आफन्तले निमार्ण कम्पनीको लापरबाहीले बालिकाको ज्यान गएको भन्दै चाइना गेजुवा ग्रुपसँग क्षतिपुर्तीको माग गरेका छन । यसअघि नेपालको राजधानी काठमाडौमा ढलको खल्टोमा परि बगाउदा एक बालिकाको ज्यान गएको थियो त्यसको दुईदिन पछि खाल्टोमै परि राँगोको पनि ज्यान गएको थियो ।&nbsp;<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web