गाईघाट ।

एक हप्तादेखि जिल्ला अस्पताल, उदयपुर बोक्सेमा भाइरलबाट प्रभावित बिरामीको संख्याको चाप बढ्दै गएको छ ।

जिल्ला अस्पताल उदयपुरका अनुसार अहिले दैनिक ६० जनाभन्दा बढीको संख्यामा भाइरलबाट प्रभावित बिरामीे अस्पतालमा उपचार गराउन आउने गरेका छन् ।

पचास शैइयाको अस्पताल रहेको जिल्ला अस्पताल उदयपुरमा अहिले बिरामीको चाप ह्वात्तै बढेपछि बेडमा बिरामी राख्ने ठाउँ नभएर अन्यत्र र भुइँमा समेत राखेर उपचार गर्न बाध्य हुन परेको कुरा जिल्ला अस्पताल मेडिकल शाखाका प्रमुख डा विशाल देवले बताउनुभएको छ ।

24.93¡ÆC