निर्वाचन नजिकिदै गर्दा ठूलो परिणाममा गोली बरामद

साउन ४, २०७४ मा प्रकाशित | 1185 views

बीरगञ्ज ।

चेकजाँचको क्रममा पर्सा प्रहरीले ठुलो परिमाणमा रहेको बन्दुकको गोली सहित २ जनालाई पक्राउ गरेको छ ।

पर्साको बागवानाबाट पक्राउ परेका पर्सागढी गाँउपालिका वडा नम्बर १ का ५५ वर्षिय क्षेत्री चौधरी र सोही स्थानका २१ वर्षिय रामकिसुन चौधरीलाई आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

पर्साको मनवा र रंगपुर टाँडी बिचको सडकमा गएराति ना ४५ प ९११६ नम्बरको मोटरसाइलकमा सवार रहेका दुई जनाले बोकेको आलुको बोरा चेकजाँच गर्दा प्रहरीले १२ बोरको बन्दुकमा लाग्ने ५० थान गोली बरामद भएको पर्साका प्रहरी उपरिक्षक सुदिप गिरीले बताउनु भयो ।

यस्तै अवैध लागूऔषध चरेससहित सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाले आज चारजना भारतीय नागरिक सहित ७ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web