<p style="padding: 0px; margin-bottom: 15px; color: rgb(64, 64, 64); font-family: "Open Sans", sans-serif; font-size: 16px;">बासी भातलाई हामी अस्वस्थकर मान्छौं । त्यसैले बेलुकी उब्रेको भातलाई त्यसै फालिदिन्छौं । तर, तपाईंलाई यो थाहा पाउँदा अचम्म लाग्नेछ कि बासी भात स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
<p style="padding: 0px; margin-bottom: 15px; color: rgb(64, 64, 64); font-family: "Open Sans", sans-serif; font-size: 16px;">असम एग्रीकल्चर यूनिवर्सिटीले गरेको एउटा अनुसन्धानबाट यो तथ्य पत्ता लागेको हो ।राति उबि्रएको भातलाई एउटा माटोको भाँडोमा भिजाएर रातभर राखिदिनुस । यसबाट भात ‘फम्र्याट’ हुनेछ । तपाईं यसलाई प|mाइ गरेर दही वा प्याज र जरा हालेर खान सक्नुहुन्छ ।
<p style="padding: 0px; margin-bottom: 15px; color: rgb(64, 64, 64); font-family: "Open Sans", sans-serif; font-size: 16px;">एक सय ग्राम चामल पकाउँदा त्यसमा ३.४ मिलीग्राम आइरन हुन्छ । यदि हामी त्यति नै मात्रामा भातलाई कमसेकम १२ घन्टा भिजाएर खाजाको रुपमा खान्छौं भने त्यसमा आइरनको मात्रा बढेर ७३.९१ मिलीग्राम पुग्छ ।
<p style="padding: 0px; margin-bottom: 15px; color: rgb(64, 64, 64); font-family: "Open Sans", sans-serif; font-size: 16px;">त्यसैगरी यसमा सोडियम, पोटासियम र क्याल्सियमको मात्रा पनि बढ्छ ।यदि तपाईंले हरेक बिहान बासी भात खानुभयो भने यसबाट तपाईंको शरीरको तापक्रम पनि नियन्त्रणमा आउँछ । भातमा भरपुर मात्रामा फाइबर हुन्छ जसबाट कब्जियत जस्ता समस्याबाट छुट्कारा मिल्छ । बासीभातमा तागतिलो तत्व हुन्छ । बासी भातलाई बिहान खाजाको रुपमा खाँदा शरीरमा स्फुर्तिको अनुभव हुनुका साथै यसले अल्सरको समस्यालाई पनि निवारण गर्न सक्छ ।
22.73¡ÆC