साउने सोमबार पशुपतिमा भक्तजनको भीड

साउन २, २०७४ मा प्रकाशित | 1260 views

काठमाडौं ।

साउनको पहिलो सोमबार आज बिहानदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

बिहान ३ बजेपछि  तीन ढोका खोलिएको थिए र अहिले सम्मपनि भक्तजनहरुको दर्शन गर्ने क्रम जारी रहेको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिनुभयो ।

साउनमा बिशेषगरी महिलाहरु हरियो चुरा पोतेमा सजिएर भगबान शिबको पुजा आरधना गर्ने गर्दछन् ।

यसैगरी केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनकोे भीड लागेको छ ।

भक्तपुरको दत्तात्रय मन्दिर, आशापुरी महादेव मन्दिर, नगरकोट महादेव पोखरी, कलमसी कल्पेश्वर महादेवलगायतका शिव मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web