युएईसँग पराजित नेपाली टोली उज्बेकिस्तानसंग भिड्दै

साउन १, २०७४ मा प्रकाशित | 1197 views

काठमाडौं ।

नेपाल र उज्बेकिस्तानबिचको खेल अल अईन् स्थित तनोन बिन मोहमद रङ्गशालामा सोमबार राती नेपाली समय अनुसार ८ बजेर १० मिनेट जाँदा शुरु हुनेछ ।

उज्बेकिस्तान शनिबार भएको आफ्नो पहिलो खेलमा लेबनानलाई ३÷१ गोल अन्तरले पराजित गरेको थियो ।

समूह डि मा रहेको नेपाल शनिबार भएको पहिलो खेलमा आयोजक संयुक्त अरब ईमिरेट्स् यु ए ई संग ५/० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले पहिलो र दोस्रो गोल पेनाल्टि मार्पmत खाएको थियो ।

समूह चरणको दुई खेल खेल्न बाँकी रहेको नेपालका लागि छनोट चरण पार गर्न दुवै खेलमा धेरै गोल गर्दै जित्नु पर्ने हुन्छ ।

प्रत्यक समूहमा श्रीर्ष स्थान प्राप्त गर्ने राष्ट्र र ५ वटा उत्कृष्ट समूह उपविजेता अन्तिम चरणका लागि छनोट हुनेछन् ।

प्रतियोगितामा जम्मा १० वटा समूह रहेका छन् भने प्रत्यक समूहमा समान ४/४ राष्ट्र प्रतिस्पर्धा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web