बिजयी भव । एएफसी अण्डर–२३ च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने फुटवल टोलीको बिदाई

असार २८, २०७४ मा प्रकाशित | 974 views

काठमाडौं ।

एएफसी अण्डर–२३ च्याम्पियनसिप छनौट प्रतियोगिताका लागि युएई जाने नेपाली युवा फुटबल टोलीलाई बिदाई गरिएको छ ।

एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले नेपाली टोलीलाई जितको शुभकामनासहित राष्ट्रिय झण्डा दिएर बिदाई गरेका हुन् ।

बिदाई कार्यक्रममा राखेप सदस्य सचिव विष्टले नेपाली टोलीले प्रतियोगिता जितेपछि सरकारले घोषणा गरेका पुरस्कार रकम यथाशीघ्र उपलब्ध गराउने आश्वासन दिनुभयो ।

नेपाली टोलीले छनौट प्रतियोगिता अघिको मैत्रीपूर्ण अभ्यास खेलमा हिजोमात्र बंगलादेशको युवा टोलीलाई एक शून्यले पराजित गरेको थियो । बंगलादेशसँग खेलेको नेपाली टोलीले नै युएईमा प्रतियोगिता खेल्नेछ । नेपाली टोली बिहीबार बिहान युएई प्रस्थान गर्नेछ ।

सन् २०१८ मा चीनमा हुने एएफसी अण्डर–२३ च्याम्पियनसिपको छनौट चरणमा नेपाल समूह डी मा परेको छ । सहभागी ४० टोलीलाई १० समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका समूहविजेता र १० समूहका उत्कृष्ट ५ उपविजेता फाइनल प्रतियोगिताका लागि छनौट हुनेछ । चीन आयोजकका हैसियदले प्रतियोगितामा स्वतः छनौट भएको छ ।

आगामी शनिबारदेखि सुरु हुने छनौट प्रतियोगितामा नेपालले पाँच दिनको बीचमा तीन खेल खेल्नेछ । नेपालले पहिलो खेल आयोजक युएईसँग शनिबार खेल्नेछ भने दोश्रो खेल सोमबार उज्वेकिस्तान र तेश्रो खेल बुधबार लेबनानसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web