काठमाडौं ।

भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर रवि शास्त्री मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

उनी सन् २०१९ को विश्वकपसम्म भारतीय टिमका मुख्य प्रशिक्षक रहने छन् ।

यसैगरी जाहिर खान बलिङ र राहुल द्रविड ब्याटिङ प्रशिक्षकमा रुपमा रहने छन् ।

च्याम्पियन्स ट्रफिमा हारेपछि प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिएपछि नयाँ प्रशिक्षकबारे बहस सुरु भएको थियो । रवि शास्त्रीलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो ।

उनीसँगै पाँचजना प्रशिक्षकको लागि छनौटमा समावेश थिए । जसमा विरेन्द्र सेहवाग, टम मुड्डी, रिचार्ड पेयवस र लालचन्द राजपुत रहेका थिए ।

23.12¡ÆC