कर्मचारी समायोजन विधेयक सर्वसम्मतीले स्वीकृत

असार २८, २०७४ मा प्रकाशित | 1237 views

काठमाडौं ।

व्यवस्थापिका संसदको आजको बैठकले, श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले प्रस्तुत गर्नु भएको  कर्मचारी समायोजन विधेयक २०७४ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ ।

सो प्रस्ताव माथि भएको छलफलको क्रममा सांसदहरुले, स्थानीय सरकारलाई प्रभावकारी बनाउन स्थानीय तहमा परिचालन गर्ने कर्मचारी क्षमतावान हुनुपर्ने, विकास प्रेमी हुनुपर्ने,   तथा स्थानीय तहमा छुटृै कर्मचारी भर्ना नगरी विद्यमान कर्मचारीहरुबाटै समायोजन गरिनुपर्ने सुझाव दिनु भएको थियो ।

ट्रेड युनियनको दुरुपयोग हुंदा नेपालमा कर्मचारीतन्त्रमा अटेर गर्ने गलत परिपाटी बढेको भन्दै सांसदहरुले, कर्मचारीतन्त्रमा देखिएको विकृतिको अन्त्य हुनेगरी कानुन बन्नु पर्नेमा जोड दिनु भएको थियो ।

छलफलमा उठेका प्रश्न तथा सुझावको सन्दर्भमा सरकारका तर्फबाट श्रम मन्त्री मरमुल्लाह मन्सुरले, संघीयता कार्यान्वयनको सिलसिलामा कर्मचारी समायोजन गर्दा, प्रदेश र स्थानीय तहको आवश्यक्तालाई हेरी समायोजना गरिने जवाफ दिनु भयो ।

यसेैगरी बैठकमा उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छेदारले स्थानीय शासन विधेयक २०७३ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको छ ।

विधेयकको प्रस्ताव माथि भएको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले स्थानीय तहको निर्वाचन अघि नै विधेयक ल्याइ कार्यान्वयनमा ल्याउनु पर्नेमा ढिलो ल्याएको भनी टिप्पणी गर्दै निर्वाचित पदाधिकारीलाई काम गर्न अप्ठेरो नहुने र विशेषाधिकार हुनेगरी विधेयक आउनु पर्ने सुझाव दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web