नेपालगञ्ज ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले जर्वजस्ती गराएको बन्दको बाँकेमा न्युन प्रभाव परेको छ ।

लामो दुरीका सवारी साधन छिटफुट चले पनि छोटो दुरीका सवारी साधन निर्वाध चलेका छन् । बजार पनि खुलेको छ । तर, शिक्षण संस्थाहरु भने माओवादी कार्यकर्ताको धम्कीका कारण बन्द भएका छन् ।

स्थानीय तह निर्वाचन बिथोल्न हिंसात्मक तथा आपराधिक कार्यमा संलग्न आफ्ना पक्राउ गरेका कार्यकर्ताको रिहाईको माग गर्दै ‘विप्लव’ माओवादीले आज बन्द आव्हान गरेको बताएको छ ।

17.17¡ÆC