काठमाडौं ।

राष्ट्रपति रनिङ सिल्डको छात्रा फुटबल प्रतियोगिताको उपाधि मध्यमाञ्चलले हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न छात्रा तर्पmको फाईनलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४/१ गोल अन्तरले पराजित गरेको थियो ।

रंगशालामा शनिबार नै सम्पन्न छात्र तर्पmको फुटबल प्रतियोगिताको फाईनलमा मध्यपश्चिमाञ्चलले मध्यमाञ्चललाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको भलिबलतर्फ छात्रमा पश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चल प्रथम भएका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ४ सय मिटर दौडमा पूर्वाञ्चलका प्रकाश दनुवारले विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

निर्धारित दूरी ५०।२० सेकेन्डमा पूरा गर्दै प्रकाशले यस भन्दा अघि २०५८ सालमा सम्पन्न वीरेन्द्र रनिङ सिल्डमा कृष्ण महतोले बनाएको ५२।८ सेकेन्डको कीर्तिमान भंग गरेका थिए ।

प्रतियोगिता अन्तर्गत तीनदिने एथलेटिक्समा जम्मा ४ छात्र खेलाडीले ५ विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान रच्न सफल भएका थिए ।

मध्यमाञ्चलका अजितकुमार यादवले १ हजार ५ सय र ३ हजार मिटर दौडमा दोहोरा कीर्तिमान बनाए ।

पश्चिमाञ्चलका निशान गुरुङले सटपुट, मध्यमाञ्चलका भुवन महतोले लङजम्प र पूर्वाञ्चलका प्रकाश दनुवारले ४ सय मिटर दौडमा नँया कीर्तिमान बनाएका थिए ।

26.12¡ÆC