काठमाडौं ।

अखिल नेपाल फुटबल संघ(एन्फा) ले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

एन्फाले एएफसी यु–२३ छनोट अन्र्तगतको खेलको लागि असार २७ गते बंगलादेशको यु–२३ टिमसँग मैत्रीपूर्ण खेलको लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ट्रफ मैदानमा हुनेछ ।

नेपालको यु–२३ टिम र बंगलादेशको टिम एएफसी यु–२३ छनोटको तयारीमा छ ।

युएईमा हुने छनोटमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपाल रहेको समूहमा आयोजक युएई, उज्वेकिस्तान र लेवनान रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेलमा आयोजक युएईसँग जुलाई १५, जुलाई १७ मा उज्वेकिस्तान र जुलाई १९ मा लेवनानसँग खेल्ने कार्यक्रम रहेको छ ।

नेपाली यु–२३ टोलीलाई राष्ट्रिय टिमका प्रशिक्षक राजुकाजी शाक्यले २० दिन अघिबाट प्रशिक्षण दिइरहेको छ ।

एन्फाले प्रशिक्षणमा ४० खेलाडीलाई बोलाए पनि प्रशिक्षणमा २८ खेलाडी मात्रै उपस्थित भएका थिए ।

२८ खेलाडीबाटै बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलअघि २३ खेलाडीको नामावली सार्वजनकि गरिने एन्फाले जनाएको छ ।

मैत्रीपूर्ण खेलको लागि बंगलादेशको ३० सदस्यीय यु–२३ टोली आगमी आइतबार काठमाडौं आउने कार्यक्रम छ ।

25.12¡ÆC