तुलसीपुरका मेयरले हटाए चुनाव प्रचारमा प्रयोग गरिएका निर्वाचन सामग्री

असार २४, २०७४ मा प्रकाशित | 1600 views

तलुसीपुर ।

दाङको तुलसीपुरमा निर्वाचनको समयमा सार्वजनिक स्थलमा टाँगिएका प्रचार सामग्री हटाउन सुरु गरिएको छ ।

नेकपा एमालेको तर्फबाट तुलसीपुर उप महानगरपालिकाको नगर प्रमुखमा निर्वाचित घनश्याम पाण्डेले शितलपुर– तुलसीपुर सडक खण्डमा विद्युतीय पोलमा टाँगिएका सुर्यका झण्डा हटाएर अभियानको सुरुवात गरेका हुन् ।

उप महानगरपालिका भित्र पर्ने १९वटा वडामा निर्वाचनको सयमयमा सार्वजनिक स्थलमा टांगिएका झण्डा लगाएतका प्रचार सामग्री हटाउन नगर प्रमुख पाण्डेले सवैमा अनुरोध समेत गरेका छन् ।

नगर प्रमुख पाण्डेले तुलसीपुरलाई सुन्दर र सफा बनाउनका लागि पनि निर्वाचनको समयमा विभिन्न राजनीतिक दलले सार्वजनिक स्थलमा राखेका निर्वाचन सामग्री हटाएर सहयोग पुरयाउन पनि आग्रह गरेका छन् ।

अभियानको पहिलो दिन तुलसीपुर बजारका विभिन्न सार्वजनिक स्थानमा टाँगिएका झण्डा र तोरण हटाइएको एमाले निकट नेपाल राष्ट्रिय बाणीज्य संघका अध्यक्ष टोप हादुर घर्तिले जानकारी दिए ।

यता जिल्ला निर्वाचन कार्यालय दाङले आफुले टाँगेका अथा राखेका प्रचार सामग्री हटाउने कार्य प्रसंशा योग्य रहेको बताएका छन् । ‘निर्वाचन आचारसंहितामा ठ्याक्कै यतिदिन भित्र हटाउनु पर्छ भन्ने कुनै व्यवस्था छैन, ‘जिल्ला निर्वाचन अधिकृत विजय कार्कीेले टेलिफोनमा कुरा गर्दै भने’ नैतिकताको आधारमा  हटाउदा राजनीतिक दलहरुलाई फाइदा पुग्छ ।’

कार्यक्रममा तुलसीपुर उप महानगरपालिका वडा नम्वर ६ का नवनिर्वाचित अध्यक्ष नवराज लामिछाने , एमाले जिल्ला कमिटी सदस्य पदम केसी, प्रेस चौतारी दाङ्गका सचिव वसन्त विवश आचार्य , पदम पोख्रेल, सुनिल आचार्य, सेवकराम भण्डारी लगायतले अभियानमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web