काठमाडौं ।

यही असार १४ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका १, ५ र ७ प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तह निर्वाचनकोे आज मध्यान्हसम्म ३ सय २४ स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार ६ जिल्लाका १० स्थानीय तहको मतगणना कार्य जारी छ ।

हालसम्म २९ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ भने मतगणना जारी रहेकामा झापा जिल्लाको दमक, मेचीनगर र अर्जुनधारा नगरपालिका र मोरङ जिल्लाको विराटनगर महानगरपालिका तथा धनपाल गाउँपालिकाको मतगणना जारी रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

यसैगरी, सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको मतगणना जारी छ भने रुपन्देही जिल्लाको कोटहिमाइ गाउँपालिकाको मतगणना जारी रहेको छ ।

यस्तै, कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र पुनरबास नगरपालिका तथा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको मतगणना कार्य जारी रहेको आयोगले जनाएको छ ।

24.93¡ÆC