भारतका कारण जलमग्न गाउँ हेर्न सांसद र आयोगको टोली आइपुग्यो

असार २२, २०७४ मा प्रकाशित | 1379 views

सप्तरी ।

सिमा क्षेत्रमा अन्र्तराष्टिय कानुन विपरित भारतले बाँध बाँध्दा डुबानमा परेको सप्तरी जिल्लाको एक दर्जन गाउँको अवस्था हेर्न सांसद नागेन्द्र चौधरी र राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरको छुट्टा–छुट्टै टोली आइपुगेको छ ।

सिमावर्ती क्षेत्रको दशगजा र तिलाठी गाउँको अवलोकन निरीक्षण गरेर टोलि फर्किएको छ ।

स्थानीयवासीसँग छलफल गर्नुभएका सांसद चौधरीले भारतले सिमामा बाँधेका बाँधका कारण पानीले निकास नपाउँदा प्रत्येक वर्ष तराईका भूभाग जलमग्न हुने भएकाले द्विपक्षिय पहल गरी समाधानको उचित निकास निकाल्नु पर्ने बताए ।

तत्काल राहत बाढेर खाना र बासको व्यवस्था गर्नुपर्ने भन्दै चौधरीले बाढीका कारण घरबार बिहिन अवस्थामा रहेको गाउँमा स्कुल सञ्चालनमा संवेदनशील हुन स्थानीय प्रशासनसँग आग्रह गरे ।

टोलीले स्थानीयवासीसँग भेटघाट गरेर बाढी नियन्त्रणका लागि अपनाउनु पर्ने आवश्यक उपायहरुबारे छलफल गरेको थियो । स्थानियले भने सरकारी टोलि औपचारिकता पुरा गर्न मात्र आएको भन्दै सरकारले कुनै निकास नदिने भन्दै सरकारी टोलिसँग अविस्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web