माओवादीकी एक्ली गाउँपालिका अध्यक्षको नमुना गाउँ बनाउने धोको ..

असार २२, २०७४ मा प्रकाशित | 977 views

काठमाडौँ । गुल्मीको ठूलो लुम्पेकको थुम्कोमा थियो उनको जन्मघर। थुम्कोमा बसेको गाउँ भएको हुनाले नै सायद उनको गाउँको नाम थुम्का राखिएको थियो।

घरबाट एक घन्टा उकालो हिँडेर पढ्न जान्थिन् उनी, धर्मपुर मावि लुम्पेकमा। अनेक सपना मनमा फुल्थे, ओइलाउँथे। गाउँमा मान्छे- मान्छेबीचको विभेद, छुवाछुतले मन पिरोल्थ्यो रे उनको। कसले बनायो होला यस्तो रीतिरु उनी सोच्थिन्।

उनलाई लाग्थ्यो, यो मान्छे-मान्छेबीचमा गरिने विभेद हटाउनै पर्छ। महिला र पुरुषको बीचमा भेद थाहा पाउँथिन् उनी। गाउँमा ज्याला मजदुरी गर्ने महिला र पुरुषको ज्याला बराबरी थिएन। लोग्ने मानिसले धेरै ज्याला पाउँथे भने महिलाले थोरै पाउँथे। जम्मा १५ वर्षकी किशोरीको मनमा लाग्थ्यो, उस्तै श्रम गर्दा पनि महिला र पुरुषको बीचमा किन यस्तो फरकरु अहिले उमेरले ३४ वर्ष पुगेकी उनै कुमारी बराल असार १४ गते भएको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा विजयी भइन्।

नेकपा माओवादी केन्द्रका तर्फबाट बराल रुकुमको सिस्ने गाउँपालिकामा निकटतम प्रतिद्वन्द्वी एमालेका नन्दलाल शर्मालाई ८२५ मतले पछि पार्दै तीन हजार २९६ मतका साथ अध्यक्षमा निर्वाचित हुन सफल भइन्।

सिस्ने, प्वाङ, पोखरा, रुकुमकोट र स्यालापाखाका केही वडाहरू मिलाएर बनाइएको सिस्ने गाउँपालिका डोल्पासँग सिमाना जोडिएको अत्यन्तै दुर्गम गाउँपालिकामा पर्दछ।

१६ हजार ४९७ जनसंख्या रहेको यो गाउँपालिकामा आठ हजार ३६९ मतदाता रहेकोमा छ हजार ५६३ मत खसेको थियो। त्यसमा तीन हजार २९६ मतका साथ बराल अध्यक्षमा निर्वाचित बनिन्। दोस्रो चरणको निर्वाचनमा जीत हात पार्ने माओवादीका उम्मेदवारमध्ये उनी एक मात्र महिला अध्यक्ष हुन्। आठ वडा रहेको सिस्नेमा ३ नं। वडामा नेपाली कांग्रेस र वडा नं. ४ मा एमालेबाहेक अरू सबै वडामा माओवादी केन्द्रले जीत हात पार्न सफल भएको छ।

गुल्मीदेखि रुकुमसम्मको राजनीतिक यात्रा गुल्मीको थुम्कामा जन्मिएकी कुमारीले कक्षा सातमा पढ्दादेखि नै राजनीतिक यात्रा सुरु गरेकी हुन्। एमालेका नेता रामनाथ ढकाल र फटिक थापाको गाउँमा जन्मिएकी बरालले अखिल पाँचौँको इकाई कमिटी कोषाध्यक्ष भएर ०५४ मा राजनीतिक यात्रा सुरु गरेको बताउँछिन्। आठ कक्षामा पुग्नेबेला चाहिँ उनलाई तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको हावाले छोइसकेको थियो ।

०५७ सालमा हाडहाडे गाविसको निन्यूखर्क प्राविमा सम्पन्न अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनमा उनी भूमिगत तरिकाले सहभागी भएकी थिइन्। त्यहाँ उनी माओवादी निकट अखिल क्रान्तिकारीको जिल्ला सदस्य बनिन्।

त्यसपछि उनको कष्टपूर्ण भूमिगत राजनीतिक जीवन सुरु भयो। विद्यार्थी नेताका रूपमा गाउँगाउँमा जनता जगाउनु, संगठन निर्माण गर्नु र पार्टीका काम गर्नु उनको दैनिकी बन्यो। भूमिगत जीवनको कष्टपूर्ण यात्रामा निस्किँदा उनलाई थाहा थियो, पढाई बीचैमा रोकिनेछ। कैयौँ छाक भोकै र कैयौँ रात अनिदै बिताउनुपर्नेछ।

युद्धमा गोली लागेर ज्यान जानसक्छ वा कब्जामा परेर तड्पीतड्पी मर्नुपर्ने हुनसक्छ। उनका सहपाठीहरू बैँसको उन्मादी उमेरमा थिए। कोही विवाह गरिसकेका थिए। कोही त बच्चा पनि जन्माइसकेका थिए। उनलाई घरपरिवार र आफन्तले विवाहे गरेर सुखी जीवन बाँच्ने सल्लाह नदिएका होइनन्, तर उनलाई त्यस्तो सुखी जीवन तुच्छ लाग्यो। समाज परिवर्तन गर्ने आवेग र उत्कण्ठाले उनी कष्टपूर्ण यात्रामा होमिन राजी भइन्। र, यहीँबाट उनको परिचय बदलियो

नेत्रबिक्रम चन्द विप्लवले लगनगाँठो कसिदिए जनयुद्धकालमा कार्यकर्ताहरू सीमित हुन्थे। त्यसैले संगठनको काम गर्न रोल्पा, रुकुम र सल्यानबाट कार्यकर्ताहरू आउँथे। त्यसैमध्येका एक थिए, वासुदेव गौतम प्रवीण। उनी रुकुमको रुकुमकोटबाट संगठनको काम गर्न पार्टीको आदेश मानेर गुल्मी पुगेका थिए। रोल्पा, रुकुम आधार इलाका भए पनि गुल्मी, अर्घाखाँचीलगायतका जिल्लाहरू श्वेत इलाकामा पर्दथे। संगठन कमजोर थियो। कार्यकर्ता, समर्थक, शुभचिन्तक औँलामा गन्न सकिनेजति मात्र थिए।

सरल मिजासका प्रवीणले इमान्दार कार्यकर्ता कुमारी बराललाई मनपराए। प्रवीण ब्राह्मण परिवारका थिए भने कुमारी अर्थात बिपना मगर समुदायकी थिइन्। यो कुरा बुझ्दाबुझ्दै प्रवीणले बिपनालाई प्रेम प्रस्ताव राखे। केही हिचकिचाहटका बाबजुद बिपनाले त्यो प्रस्ताव स्वीकारिन्। एक वर्षसम्म प्रेम सम्बन्धमा रहेको यो जोडीले ०६० माघ २५ गते गुल्मीकै ह्वाङदीमा आयोजना गरिएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा जनवादी विवाह गर्‍यो। उनीहरूको विवाह नेता नेत्रबिक्रम चन्द विप्लवको उपस्थितिमा भएको बताउँछिन् कुमारी। बिहेपछि तीन वर्ष उनीहरूले गुल्मीमै रहेर संगठनको काम गरे। ०६३ जेठमा पार्टी शान्ति प्रक्रियामा आयो। ०६३ को पुस महिनामा प्रवीणले रुकुममा रहेको आफ्नो गाउँमै फर्केर पार्टीको काम गर्ने इच्छा देखाए।

पत्नी हुनुका नाताले बिपना पनि उनीसँगै रुकुम जानुपर्ने भयो। बिपनालाई रुकुम जाने कुरामा त्यति रुचि थिएन रे१ महिला अधिकारका चर्का नारा लगाए पनि आखिर पुरुषकै पछि लागेर जानुपर्ने प्रवृत्ति उनलाई मनपरिरहेको थिएन रे१ तर जीवनसाथीसँग अलग भएर काम गर्न पनि उनलाई रहर थिएन। माओवादी केन्द्रकी अहिलेकी प्रवक्ता पम्फा भुसाल त्यतिबेला गुल्मीलगायतका जिल्ला समेटेर बनाएको गण्डक क्षेत्रकी इन्चार्ज थिइन्। उनैले बिपनालाई सम्झाएकी थिइन् । आफूलाई निराश र कमजोर नपार्नुस्। तपाईंहरू दुवै जना साथ साथ रहनुभयो भने मात्र क्रान्तिकारी ऊर्जा पैदा हुनेछ, त्यो ऊर्जालाई पार्टी र क्रान्तिका लागि लगाउनुहोला’ भनेर। पम्फा भुसालको यो सुझावलाई बिपना आज पनि सम्झिन्छिन्।

उनले आफ्नो खुसी साट्दै भनिन्, स्थानीय तह निर्वाचनमा गाउँपालिका जित्ने माओवादीकी एक्ली महिला भएर इतिहास रच्न पाउँदा खुसी छु। पम्फा दिदीले त्यो दिन दिनुभएको ऊर्जा मभित्र अझै छ। गुल्मीको मगर समुदायकी बुहारी लिएर आए पनि घरपरिवारले सहर्ष स्वीकार गरेको उनले बताइन्। माओवादी केन्द्रकी केन्द्रीय सदस्य र सिस्ने गाउँपालिकाकी पार्टी अध्यक्षसमेत रहेकी कुमारीले चुनावमा जीतको श्रेय आफ्ना श्रीमान प्रवीण, घरपरिवार र आफन्तका साथै पार्टी संगठन, नेता कार्यकर्ताहरू र आम जनतालाई दिइन्। ‘जसरी मलाई जिताउनुभयो, त्यसैगरी पाँच वर्षमा सिस्ने गाउँपालिकाको मुहार फेरिने गरी काम गर्नेछु, तपाईंहरूको थप सहयोगको अपेक्षा गरेकी छु’, उनले भनिन्।

यस्ता छन् कुमारीका आगामी योजना गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि उनले बाल्यकालमा देखेका सपनालाई पनि आफ्ना योजनामा जोड्ने बताइन्। उनले सिस्ने गाउँपालिकालाई सबै प्रकारका विभेदहरूले मुक्त नमुना गाउँपालिका बनाउने योजना सुनाइन्। भौगोलिक रूपमा दुर्गम र पिछडिएको सिस्ने गाउँपालिकामा सूचना र संचारको विकासलाई प्राथमिकता दिने उनको योजना छ। त्यसका लागि प्वाङ र सिस्ने जस्ता ठाउँमा टेलिफोन टावर निर्माण गरी फोन र इन्टरनेट जनताको पहुँचमा पुर्‍याउने, स्वच्छ खानेपानी वितरणमा जोड दिने र गाउँलाई सडक सञ्जालमा जोड्ने उनको योजना छ। सरकारी विद्यालयहरुमा प्राविधिक शिक्षामा जोड दिने, कृषि र प्राविधिक क्याम्पस खोल्ने कुरा उनको प्राथमिकतामा छन्। गाउँपालिकाका १ र २ नं। वडामा दुई घन्टा हिँडेर विद्यालय जानुपर्ने बाध्यता रहेको सुनाउँदै उनले भनिन्, भूगोल र जनसंख्या हेरेर बालशिक्षा कक्षाहरू सञ्चालन गरिनेछ।

जनसत्ताबाट पास भएका जग्गालाई वैधानिकता दिने उनको योजना दोस्रो प्राथमिकतामा रहेछ। त्यसैगरी कृषिलाई आधुनिकीकरण गर्ने योजना पनि रहेछ उनको। त्यसका लागि उनले स्यालापाखालाई फलफूल पकेट क्षेत्र बनाउने, खाद्यान्न र बिउ उत्पादनमा जोड दिने, पशुपालनको लागि पकेट क्षेत्र अध्यन गर्ने, प्वाङलगायतका जीवनबुटी ९यार्चागुम्वा० पाइने स्थानलाई जडिबुटी पकेट क्षेत्र बनाउने, सिस्ने हिमाल, कमल दह, देउराली गुफा, झुम्कामारेको शहीद मार्ग, गुप्तादहलगायतका स्थानलाई पर्यटकीय हव बनाउने र बढीभन्दा बढी पर्यटक भित्र्याएर गाउँमा आर्थिक समृद्धिको सुरुवात गरिने बराल बताउँछिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web