तेस्रो सांसद कप टी–२० क्रिकेटमा वीरगन्जद्वारा मकवानपुर पराजित

असार १५, २०७४ मा प्रकाशित | 951 views

बारा ।

तेस्रो सांसद कप टी–२० क्रिकेट प्रतियोगिता अन्र्तगत दोस्रो खेलमा वीरगन्ज क्रिकेट क्लब विजयी भएको छ ।

प्रतियोगिता अन्र्तगत सिद्धेश्वर खेल परिसरमा बिहिबार भएको खेलमा वीरगन्ज क्रिकेट क्लब २१ रनले विजयी भएको हो । वीरगन्जले टस जिती ब्याटिङ्ग गर्दै २० ओभरमा ४ विकेट गुमाई एक सय ५१ रन बनाएको थियो ।

वीरगन्जका सुरज पटेल नट आउट ८२ रन बनाएका थिए । आकिब अंसारी २९, सैदुल्लाह हवारी २५ रनको योगदान गरेका थिए । पटेलले ५६ बलमा १३ चौका प्रहार गर्दै ८२ रन बनाएका थिए ।

मकवानपुरका बलर साहिल कुमारले दुई विकेट, राजिव यादव, मुन्ना कुमारले एक एक विकेट लिएका थिए । एक सय ५२ रनको लक्ष्य लिएर उत्रेको मकवानपुरले २० ओभरमा ८ विकेट गुमाई एक सय ३० रन मात्र बनाउन सकेको थियो ।

मकवानपुरका सुमन सुनारले २८ रन र अभिषेक झाले २४ रनको योगदान गरेका थिए । वीरगन्जका बलर मुर्तुजा हवारी, समसाद हवारी र सुरज पटेलले दुई दुई विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच ८२ रन र दुई विकेट लिएका वीरगन्जका सुरज पटेल घोषित भएका थिए । लिग चरणको अन्तिम खेल शुक्रबार कलैया क्रिकेट क्लब र मकवानपुर क्रिकेट क्लब बिच हुने आयोजक संस्था बारा जिल्ला क्रिकेट संघका कोषाध्यक्ष सुबास जैसवालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web