पाल्पा ।

पाल्पाको बगनासकाली गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

वडा नम्बर ८ मा जम्मा खसेको मत ६७२ मध्ये ७५ मत गणना हुँदा नेपाली काँग्रेसलेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार कृष्णप्रसाद बस्यालले ४० र नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्षको उम्मेदवार कृष्ण भुसालले ४० मत ल्याउनु भयो ।

नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार देवी प्रसाद बस्यालले ३० र उपाध्यक्ष पदकी उम्मेदववार सरश्वती चिदीले २७ मत प्राप्त गर्नुभएको छ । संघीय समाजबादी पार्टीको तर्फबाट उपाध्यक्षको उम्मेदवारले ३ मत ल्याउनुभएको छ । ७५ मत गन्दा १ मत बदर भएको छ ।

बगनासकाली गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच चुनाबी तालमेल भएको छ ।

जिल्लाको २ गाउँपालिका र ८ स्थानीय तह मध्ये तानसेन नगरपासिलका, तीनाउँ गाउँपालिका, रिब्दीकोट गाउँपालिका, बगनासकाली गाउँपालिका, निस्दी गाउँपासिलका, माथागढी गाउँपालिका र रम्भा गाउँपालिकामा मत गणना भइरहेको छ भने पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र रामपुर नगरपालिकामा सर्वदलीय बैठक बस्दै छ बैठक पछि तत्कालै मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत भरतमणी खनालले जानकारी दिनुभयो ।

सबै स्थानीय तहको नतिजा २/२ घण्टामा सार्वजनिक गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

19.28¡ÆC