अन्तर एयरलायन्स टेबलटेनिसको पुरुषतर्फको उपाधि नवीनलाई

असार १३, २०७४ मा प्रकाशित | 1246 views

काठमाडौं ।

आयोजक नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्सको उपाधि जित्न सफल भएका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलबार भएको ‘बेस्ट अफ सेभेन’ को फाइनलमा नवीनले कतार एयरवेजका कमल श्रेष्ठलाई ११–४, ११–४, ११–० र ११–८ को सोझो सेटमा पराजित गरेका  थिए ।

निगमको ५९ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा नवीनले सहकर्मी प्रितम प्रधानसँग मिलेर पुरुष डबल्सको उपाधि पनि हात पारेका छन् ।

फाइनलमा नवीन र प्रितमको जोडीले निगमकै सुरेशविक्रम हमाल र बाबुराजा अवालेको जोडीलाई ११–७, ८–११, ११–६ र ११–८ को सेटमा पराजित गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web