काठमाडौं ।

नेपाली टोली नेपाल स्टर्म जारी एशियन प्रिमियर लिग ए पि यलि टि २० क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा स्थान बनाउने निश्चित प्राय भएको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा मंगलबार भएको लिगको आफ्नो अन्तिम खेलमा अफ्गानिस्तान बुल्सलाई डक वर्थ लुईसको माध्यमबाट ६३ रनले पराजित गर्दै लिगमा सर्वाधिक ८ अंकसहित श्रीर्ष स्थान कायम राख्न पनि सफल भएको थियो ।

पहिलो ब्याटिङ्ग गर्दै अफ्गानिस्तान बुल्सले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो ।

विना कुनै विकेटको क्षतिमा ७.४ ओभरमा नेपालले ९३ रन बनाएर खेलिरहँदा पानि पर्न थालेपछि खेल रोकिएको थियो ।

त्यसपछि एम्पायरहरुले डक वर्थ लुईसको माध्यमबाट नेपाललाई ६३ रनले विजयी घोषित गरेका थिए ।

कीर्तिपुरमा मंगलबार नै भएको पहिलो खेलमा बंगलादेश टाईगर्सले ईन्डियन स्टार्सलाई ८ रनले पराजित गर्दै ६ अंकका साथ दोश्रो स्थानमा उक्लिएको छ ।

26.12¡ÆC