चितवनमा च्यातिएको मतपत्र सर्वोच्चमा, २३ गते सुनुवाइ

असार १३, २०७४ मा प्रकाशित | 1108 views

काठमाडौं ।

चितवनको भरतपुर महानगरपालिका वडा नं १९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्र सम्बन्धमा असार २३ गतेका लागि सर्वोच्च अदालतले पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले भरतपुरमा च्यातिएका मतपत्रसहित अन्य कागजपत्र अदालतमा आइपुगेकाले यही असार २३ गतेका लागि पेसी तोकिएको जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको आदेशबमोजिम च्यातिएका मतपत्रसँगै मतगणना स्थगित मुचुल्का, मतगणना स्थगन गर्ने मुख्य निर्वाचन कार्यालयको सूचना, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन पनि अदालतमा पेस गरिएको छ ।

कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले यही असार ६ गते च्यातिएका मतपत्र, निर्वाचन आयोगका पुनः मतदान गराउने निर्णयलगायतको आवश्यक कागजपत्र एक हप्ताभित्र अदालतमा पठाउन आदेश जारी गरेको थियो ।

गत जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना स्थगित भएको भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web