काठमाडौं ।

नेपाली टोली नेपाल स्टर्म कीर्तिपुरमा जारी यशियन प्रिमियर लिग एपिएल टि २० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पार्दै लिगको अंक तालिकामा श्रीर्ष स्थान कायम राख्न सफल रहेको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा भारतिय टोली ईन्डियन स्टार्सलाई ४ विकेटले पराजित गर्दै नेपाल स्टर्मले ६ अंकसहित लिगको अग्र स्थान सफल भएको हो ।

पहिलो ब्याटिङ्ग गर्दै ईन्डियन स्टार्सले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो ।

ईन्डियन स्टार्सका अमर करनवालले सर्वाधिक ५९ रन बनाएका थिए ।

१६.२ ओभरमा ६ विकेटको क्षतिमा नेपाललले विजयी लक्ष्य प्राप्त गरेको थियो ।

नेपालका लागि सातौँ स्थानमा आएका जितेन्द्र शर्माले अविजित रहँदै २४ बलमा ५७ रनको योगदान गर्दै अर्ध शतक पुरा गरेका थिए ।

कीर्तिपुरमा सोमबार नै भएको दोश्रो खेलमा विजयी हुँदै अफ्गानिस्तान बुल्स लिग तालिकामा ४ अंकसहित तेश्रो स्थानमा उक्लिएको छ ।

अफ्गानिस्तान बुल्सले दुवाई वारियर्सलाई ४ रनले पराजित गरेको थियो ।

प्रतियोगितामा अहिले सम्मका सबै तिन खेल जितको नेपाली टोली नेपाल स्टर्म ६ अकसहित लिग तालिका पहिलो स्थानमा रहेको छ भने श्रीलकंन लायन्स् ४ अंकसहित रन रेटका आधारमा दोश्रो स्थानमा रहेको छ ।

25.12¡ÆC