भोजपुरमा तीन बालबालिका मृत भेटिए

असार १२, २०७४ मा प्रकाशित | 1091 views

भोजपुर ।

भोजपुर सदरमुकाम देखि पूर्वमा रहेको अरुण गाउँपालिकाको प्याउलीमा तीन बालबालिका मृत भेटिएका छन् ।

भोजपुरको अरुण गाउँपालिका–१ प्याउलीबाट हराएका तीन बालबालिका सोमबार विहान मृत अवस्थामा भेटिएका हुन । मृत भेटिएका तीनै बालबालिका अरुण गाउँपालिका १ प्याउलीबाट गत शनिबार देखि हराइरहेका थिए । उनीहरु प्याउलीको मराङडाँडामा स्थानीय तोरन कार्कीको माछा पोखरीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीय भोजपुर अरुण गाउँपलिका ३ बस्ने चेतनाथ फुयालको छोरी १३ बर्षिया सुस्मा फुयाल उनकै भाइ ८ बर्षिय प्रदिप फुयाल र सोही ठाउँका रबिन्द्र सापकोटाको १४ बर्षिय छोरा रन्जिव सापकोटा गत शनिबारबाट हराइरहेका थिए ।

उनीहरुको खोजी गर्ने क्रममा सोमबार विहान ७ बजेतिर स्थानियले तिनै जनाको शव सोही गाउँपालिका ३ बस्ने तोरण बहादुर कार्कीको माछा पोखरीमा घोप्टो परी पानीमा डुबेको अवस्थामा भेरटेपछी प्रहरी चौकी प्याउलीमा जानकारी गराएका थिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय तिवारीभन्ज्याङ र प्रहरी चौकी प्यालीबाट प्रहरीको टोली खटि गई घटनाबारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web