अपहरण र चुनाव बिरोधी गतिविधि गर्ने बिप्लवका चार कार्यकर्ता पक्राउ

असार ११, २०७४ मा प्रकाशित | 1072 views

काठमाडौं ।

निर्वाचनलाई असरपार्ने गतिविधि गरेको भन्दै आज प्रहरीले मोरङमा दुईजना विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरेको छ ।

मोरङ पथरीशनिश्चरेबाट दुुईजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

शंंका लागेपछि चेकजाचको क्रममा उनीहरुलाई पक्राउ गरिएको र उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अपहरणमा संलग्न नेकपाका चार कार्यकर्ता पक्राउ

जडीबुटी व्यवसायी गोपालबाबु श्रेष्ठ र भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका बस्ने कविता दाहाललाई अपहरण गर्ने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो आफूलाई बिप्लव माओवादीको कार्यकर्ता बताउँदै ती समूहले श्रेष्ठ र दाहाललाई अपहरण गरेका थिए ।

रामेछाप जिल्ला मन्थली आकासे घर भई हाल काठमाडौँ, नयाँ बसपार्कमा नौ महिनादेखि कोठा लिई बस्दै आउनुभएका श्रेष्ठलाई तनहुँ स्याङ्जा पर्वत होटलमा अहरणकारीले डकुमेन्ट लिन लगेका बेला प्रहरीले सकुशल अपहरणमुक्त गरेको थियो ।

सोही समयमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले अपहरणमा संलग्न शक्ति विश्वकर्मा र मदनकृष्ण महर्जनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web