१४ गते हुने निर्वाचनमा सेना परिचालन स्वीकृति

असार ११, २०७४ मा प्रकाशित | 1239 views

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ ।

नेपालको संविधानको धारा ६६ को उपधारा '२' बमोजिम मन्त्रिपरिषद्को यही असार ८ गतेको निर्णय र सोही दिनको प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपतिले सेना परिचालनको स्वीकृति दिनुभएको हो ।

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समयन्वयात्मक रूपमा परिचालन गर्न नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्ले असार ७ गते सिफारिस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web