१२ बजेबाट मौन अवधि, चुनाव प्रचार बन्द

असार ११, २०७४ मा प्रकाशित | 868 views

काठमाडौं ।

स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत दोस्रो चरणमा यही असार १४ गते १, ५ र ७ नं प्रदेशका ३५ जिल्लामा हुने निर्वाचनका लागि आज राति १२ बजेपछि मौन अवधि सुरु हँुदैछ ।

स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ मा  मौन अवधिमा प्रसारप्रचार गर्न निषेध गरिएको छ । मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्मको अवधिलाई मौन अवधिका रूपमा लिइएको छ ।

मौन अवधि सुरु भएपछि मतदानको काम सम्पन्न नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले   प्रचार गर्न नहुने निर्देशिकामा उल्लेख छ ।

निर्वाचनको मौन अवधिमा आफ्ना वेबसाइट तथा फेसबुक र ट्विटरलगायत कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचारप्रसार गर्न नहुने जनाउँदै निर्वाचन आयोगले त्यस्ता प्रचारप्रसारका क्रियाकलाप नगर्न र मौन अवधिको पूर्ण पालना गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिता विपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचारप्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार र व्यक्तिमाथि हदैसम्मको कारबाही हुने आयोगले स्पस्ट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web