एएफसी छनौट अघि नेपाली टोलिले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने

असार ११, २०७४ मा प्रकाशित | 1074 views

काठमाडौं ।

२३ वर्ष मूनि उमेर समूहको एएफसी छनोटको तयारीमा रहेको नेपाली युवा टोलीले बंगलादेशको २३ वर्ष मूनिको राष्ट्रिय टोली संग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अन्तराष्ट्रिय खेल अनुभवका लागि निपालले बंगलादेश संग काठमाडौँमा येहि असार २७ गते एउटा मैत्रीमूर्ण अभ्यास खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यशियन फुटबल कनफेडरेशन ए यफ सी को २३ वर्ष मूनिको प्रतियोगितामा नेपाल रहेको समूहमा आयोजक संयुक्त अरब ईमिरेट्स् यु ए ई, उज्बेकिस्तान र लेबनन् रहेका छन् ।

यु ए ई को अल अईन शहर स्थित ताहानोन बिन मोहमद रङ्गशालामा नेपालले पहिलो खेल आयोजक यु ए ई संग यहि असार ३१ गते खेल्ने छ ।

नेपालले दोस्रो खेल आउँदो साउन २ गते उज्बेकिस्तान संग खेल्ने छ भने तेस्रो खेल साउन ४ गते लेबनन् संग खेल्ने एन्फाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web